चार लेनको बन्नेभो बिराटचोकबाट नेताचोक हुँदै बिराटनगर जाने सडक

  • २४ भाद्र २०७६, मंगलवार

विराटचोक–घिनाघाट सडक खण्ड चार लेन हुने भएको छ ।

प्रदेश सरकारले पहिलो गौरबको आयोजना रुपमा २२ दशमलव ७ किलोमिटर लामो सो सडकलाई फोर लेन बनाउन शुरु गरेको हो । सोमबार प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकाको नेताचोकमा सडकको सिलान्यास गरेका छन्  ।

१ अर्ब ४० करोडमा निर्माण हुने  सडक  तीन प्याकेजमा निर्माण सम्पन्न गर्ने योजना अनुसार २ प्याकेजमा ठेक्का सम्झौता भईसकेको छ । गत असार २९ गते भएको ठेक्का सम्झौता अनुसार निर्माणको काम श्रेष्ठ निर्माण कम्पनी र एपेक्स रमण निर्माण सेवाले सडक निर्माण गर्नेछन् । सम्झौता अनुसार  निर्माण कम्पनीले २०७८ असार मसान्त भित्रमा निर्माण पुरा गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।
१ अर्ब ६० करोडको टेण्डर आब्हान गरिएकोमा १ अर्ब ४० करोडको ठेक्का स्वीकृत भएपछि सडक शिलान्यास भएको हो । सडकको केन्द्रबाट ३५–३५ फिटलाई दुई तर्फ बढाएर सडक विस्तारको काम हुने छ ।

सडक शिलान्यास गर्दै मुख्यमन्त्री राइले फोरलेन सडक निर्माणले मोरङका दुई पालिकालाई मात्र फाईदा नभई झापा, ईलाम, पाँचथर र ताप्लेजुङ सम्मलाई सुबिधा पुग्ने स्पष्ट पारे ।