बेतना, रमिते, धनपाल लगायत बेलबारीका पर्यटकीय क्षेत्र घुम्दै जापानीहरु

  • ३० भाद्र २०७६, सोमबार

उत्तम पोख्रेल /  पर्यटन बर्ष २०२० नजिकिदै जाँदा पर्यटकिय क्षेत्रमा चहलपहल बढनुका साथै पर्यटकिय क्षेत्र खोज्दै दाताहरु समेत आउन थालेका छन् ।

आइतवार मोरङको बेलबारीमा जापानको एक टोलिले पर्यटकिय क्षेत्रको भ्रमण गरेको छ । जापानका टकेजियूछि यूरीटियो र होनमा हिरोकिले बेलबारीका धनपालगढी, सिर्जनापार्क, बेतना सिमसार, रमिते डाँडा र अमना सिसौली सिमसार क्षेत्रमा पुगेर पर्यटकिय संरचनामा चासो देखाएका हुन् ।
जापानी टोलिले बेलबारी –५ रहेको धनपालगढीमा पुगेर पोखरीमा फुलेको कमल हेर्दै त्यहाँको जानकारी लिएका थिए । राजा धर्मपाल वाल धनपालको गढी भनेर चिनिने धनपालमा सेनबंशी राजाहरूभन्दा पनि पहिलेका बङ्गालका पालवंशीय राजाकै पालाको गढी भएको बारे उनिहरुलाई बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी गराएका थिए ।
राजा धनपालकी छोरी फूलवादेवी असाध्यै राम्री र शक्तिशाली भएकाले उनले आफ्नी छोरीलाई पराजित गर्नेलाई राजकुमारी दिने निधो गरेका थिए । भारतबाट आएका अल्लाहरूदल नामका राजकुमार राजकुमारीसँग कुस्तीमा पराजित भएपछि धनपालसँगै युद्ध गरेका थिए ।धनपालसँग पनि हारेपछि अल्लाहरूदलले छलकपट गरेर हजाममार्फत दारी काट्ने निहुँले धनपालको घाँटी काट्न लगाएर आफ्ना सेना परिचालन गरी राजकुमारीको अपहरण गरेका किबदनितमा उल्लेख भएको स्थानिय जानकारहरुले टोलिलाई बताएको थियो ।

धनपाल पोखरीमा दुर्लभ सेतो र रातो कमलको फूल पाइन्छ । हिउँदको समयमा दैनिक ५० वटा समूहसम्म यहाँ वनभोज खान आउने गर्छन् । भारतको विहार क्षेत्रबाट पनि वनभोज खान गढीमा आउने गरेको स्थानीय बताउँछन् ।हरेक वर्षको चैतको शनिबार यहाँको मन्दिर आसपासका बासिन्दा आएर साँझ बत्ती बाल्ने र एक शनिबार बोका र पाठी बली दिएर त्यहीँ बसेर मासुलाई प्रसादका रूपमा ग्रहण गर्ने चलनले हालसम्म निरन्तरता पाइरहेको छ ।
बेतना सिमसार क्षेत्रमा पुगेर त्यहांँको जानकारी टोलिले लिएको छ । उनिहरुले बेतना सिमसार पर्यटकिय सम्मभावना रहेको बताउदै सहयोग गर्ने आश्वासन समेत दिएका छन् । कछुवाको प्रजनन केन्द्रका रुपमा विकास भरहेको बेतनामा कछुवा हेर्दै होनमा हिरोकिले भने लोप हुदै गएका जिव जन्तु मात्रै संरक्षण गर्न सके आमदानिको दरविलो स्रोत हुने बताए । कमिलाको प्रतिक सहितको काठेपुल, अजिङ्गर,बाँदर, वन,कुखुरा,कालिज, बकुल्ला हरिण बँदेल, खरायो, गधा आदि जनावारहरु उनिहरुले तहाँ हेरेका थिए ।
बेलबारी –२ मा रहेको रमितेमा निर्माण भइरेहको भ्यूटावरको समेत उनिहरुले अबलोकन गरेका छन् । सुरुङ मार्ग सहितिको भ्यूटावर बनाइरहेको मेयर सुवेदीले उनिहरुलाई जानकारी गराएका थिए ।

मेयर सुवेदिले उनिहरुलाई बेलबारीमा २१ वटा सिमासर रहेको समेत जानकारी गराएका थिए । टोलिले बेलबारीमा पर्यटनको सम्भावना रहेको बताउदै बेलबारीको पर्यटकि क्षेत्रमा लगानि गर्ने सकेत गरेको प्रबक्ता योगेन्द्र सुवेदिले बताए ।टोलिले उपमेयर ढाका कुमारी पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहसंँग समेतत भेटेका थिए । स्थानिय वासिन्दाले उनिहरुलाई फुलमाला लगाएर सम्मान गरेका थिए ।