बेलबारी गोल्डकपको सेमिफाइनलमा पुगे मदन भण्डारी, एपिएफ, धरान र सिलगुडी

  • ७ आश्विन २०७६, मंगलवार

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रित लक्ष्मीमार्ग गोल्डकपको चौथो खेलमा नेपाल पुलिस क्लबका बिरुद्ध २– ४ गोल गर्दै रोयल क्लब वेष्ट बंगाल भारत सेमिफाईनल प्रवेश गरेको छ ।
निर्धारित समयमा दुर्ब पषबाट २ -२ गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा भारतले ४ र पुलसले २ गोल गरेका थिए ।
यसअघि आयोजकलाई हराउँदै धरान,गोर्खा ब्वाईज बुटवल लाई हराउँदै मदन भण्डारी स्पोर्टस एकेडेमी झापा ११ लाई हराउँदै एपिएफ सेमिफाइृनल पुगिसकेका छन । प्रतियोगितामा बुधबारको खेल धरान फुटबल क्लब धरान र मदन भण्डारी स्पोर्टस एकेडेमीका बिच हुने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तावा राईले बताएका छन ।
प्रतियोगितामा बिजयी टिमले ५ लाख र उपबिजेताले २ लाख ५० हजार पाउने छन ।

बुधबार हुने पहिलो सेमिफाइनल खेलमा धरान फुटबल क्लब सुनसरी र मदन भण्डारी स्र्पोट्स एकेडेमीबीच प्रतिस्पर्धा हुने छ । त्यसैगरी सिलगुडीले आगामी बिहीबार हुने सेमिफाइनल खेलमा विभागीय टोली एपीएफसँगको भेट पक्का गरेको छ ।