कक्षा ११ मा नेपालकै उत्कृष्ट नतिजा ल्याएको सुकुनाको दाबी, यस्तो छ नतिजा

  • १० आश्विन २०७६, शुक्रबार

मोरङको सुन्दरहरैचम १० स्थित सुकुना माध्यमिक विद्यालयले हिजो प्रकाशित कक्षा ११ को विज्ञान तथा सिभिल इन्जिनियरिङ तर्फ नेपाल प्रथम आफ्नो दुई विद्यार्थीहरुले नेपालकै उत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ ।

राष्ट्रिय परिक्षा बोर्डको परिक्षामा सुकुना माध्यमिक विद्यालयले विज्ञान तर्फ सन्देश गिरी ३.९३ जिपिए ,विशाल विमली ३.९३ र विधन विमलीले ३.९० सहित देशभरकै सर्वोतकृष्ट नतिजा भएको दाबि गरेको छ । विद्यालयका सिभिल इन्जिनियरिङका विभाग प्रमुख इन्जिनियर सरोज भट्टराईले यो देशकै उत्कृष्ट नतिजा रहेको आफुहरको दाबी रहेको तर राष्ट्यि परिक्षा बोर्डबाट पुष्टिहुन बाँकि रहेको बताए  ।

सुकुना माध्यमिक विद्यालयले शिक्षा दिवसको अवसरमा २०७६ को कक्षा १२ को नतिजातर्फ देशभरकै द्रोस्रो उत्कृष्ट सामुदयिक विद्यालयको रुपमा राष्ट्रिय ध्वजा, शिल्ड, नगद तथा कदरपत्रबाट सम्मानित भएको थियो ।

यसरी सुकुना माध्यमिक विद्यालयले कक्षा ११ को परिक्षा सामेल १२९ जना विद्याथीहरु मध्ये १५ जनाले ३.६ भन्दा माथि, ३२ जनाले ३.२ भन्दा माथि, ५८ जनाले २.८ भन्दा माथि,२२ जनाले २.४ भन्दा माथि जिपिए ल्याएको प्र.अ लक्ष्मी कुमार श्रेष्ठले बताए ।