हिमालय साकोसको २४ औँ वार्षिक साधारणसभा सम्पन्न, नयाँ भवनको पनि उद्घाटन

  • २९ आश्विन २०७६, बुधबार

केशु विरही, केराबारी, मोरङ \ केराबारी गाउँपालिका वार्ड नं ९ मा रहेको हिमालय साकोसले एक कार्यक्रमविच आफ्नो २४ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

केराबारी ९ देवीझोडामा रहेको संस्थाको उद्घाटन प्रतिनिधीसभा सांसद घनश्याम खतिवडाले गरेका थिए ।

बुधबार भएको कार्यक्रममा प्रदेश सांसद उपेन्द्र घिमिरे, केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की, केराबारी गाउँपालिका वार्ड नं ९ का वडाध्यक्ष भूपतेन्द्रप्रताप मल्ल, जिल्ला सहकारी संघ मोरङका अध्यक्ष सोमनाथ निरौंला, लालीगुराँस साकोस बेलबारीका अध्यक्ष दुर्गाप्रसाद गौतम लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेका थियो ।

संस्थाकै छतमा भएको कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि एवम् प्रतिनिधिसभा सांसद घनश्याम खतिवडाले सहकारीले समाजको आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नयन तथा विकासमा ठूलो योगदान पुर्याएको वताए ।

सहकारीका अभियन्ताको रुपमा समेत चिनिएका सांसद खतिवडाले सहकारीले अव समाजमा विद्यमान नकारात्मक भावनालाई सकारात्मकतामा परिवर्तन गर्न सहयोग गर्नु पर्ने वताए ।

केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले पालिकाको आफ्नो श्रोतले भ्याउने योजनाहरु संचालन द्रुततर रुपमा अघि वढिरहेकाले, स्थानीयपालिकाको श्रोतले नभ्याउने ठूला योजनाका लागि प्रदेश तथा संघसँग सहकार्य गरेर अघि वढ्ने वताए ।

सो अवसरमा प्रदेश सांसद उपेन्द्र धिमिरे, केराबारी गाउँपालिका वार्ड नं ९ का अध्यक्ष भूपतेन्द्रप्रताप मल्ल, जिल्ला वचत संघ मोरङका अध्यक्ष सोमनाथ निरौला लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा हिमालय साकोसका अध्यक्ष खगेन्द्रप्रसाद सुवेदीले संस्थाको आगामी कार्ययोजन पढेर सुनाएका थिए ।

सो अवसरमा संस्थाका जेष्ठ सदस्यहरुलाई सम्मान तथा संस्थामा उत्कृष्ठ वचत गर्ने सेयर सदस्य तथा एसईईमा उत्कृष्ठ अंक ल्याउने सेयर सदस्यका सन्तानलाई समेत पुरस्कृत गरिएको थियो ।

२०५३ सालमा स्थापित संस्थामा हाल १ हजार ८४ जना शेयर सदस्य छन् ।

बुधबार नै साकोसको नवनिर्मित पक्की भवनको उद्घाटन समेत गरिएको छ ।