पुर्वमा पनि भारतीय दादागिरी बढ्दै, इलाममा भ्यु टावर निर्माणमै अवरोध

  • २३ कार्तिक २०७६, शनिबार

इलामको सन्दकपुर गाउँपालिकाले पर्यटकीय स्थल सन्दकपुरमा निर्माण गर्न थालेको भ्युटावर भारतीय सुरक्षा निकाय (एसएसबी) को अवरोधका कारण रोकिएको छ ।

भ्युटावर बन्दै गरेको जग्गा नेपालकै भएपनि एसएसबीले आफ्नो जग्गा भन्दै रोक लगाएपछि टावरको निर्माण अबरुद्ध भएको हो ।

सन्दकपुरमा नेपालतर्फ हस्ताक्षेप गरि संरचना बनाउन अवरोध गरेपनि सन्दकपुर लगायत आसपास सीमा क्षेत्रकाा विभिन्न स्थानमा भारतीय पक्षले भने विभिन्न खाले संरचना बनाइरहेको छ ।

नेपालले भ्यु टावर बनाउन लागेको जग्गालाई भारतीय प्रहरी एसएसविले आफ्नो भन्दै रोक लगाएको हो । इलामको सीमावर्ती क्षेत्रमा भारतले निर्माणाधिन नेपाली होटललाईसमेत अवरोध गरेको स्थानीयको भनाई छ ।

इलाममा नेपाल भारत सिमानामा पर्ने ठाउँमा एसएसबी पाल टाँगेर बस्ने गरेका छन् । सीमामा रहेका सीमास्तम्भहरु पनि कतिपय गायब छन् । जिल्लाको सिमानामा जम्मा १४६ वटा सीमा स्तम्भहरू छन् । तीमध्ये मुख्य स्तम्भ १७ वटा र सहायक स्तम्भ ८३ र सानो स्तम्भ ४६ वटा भनिए पनि हाल मूख्य १६ सहायक ७० र सानो २१ वटा मात्र स्तम्भ छन् ।

सन्दकपुर प्राकृतिक सौन्दर्यले भरिपूर्ण इमालको एक बिशेष पर्यटकीय क्षेत्र हो ।यहाँ बिश्व रामसार सूचीमा सूचीकृत माइपोखरी (२१२१मि) रामसार क्षेत्र, इलामकै सबैभन्दा अग्लो शिखर सन्दकपुर (३६३६ मि), छिन्तापु (३३५३मि), टप्पु, माबुथाम, हागेथाम, जौबारी र नेपालको दोस्रो अग्लो झरना टोड्के झरना ( २७८फिट), जमुनाको ढाप पोखरी, कालपोखरी, सुकेपोखरी, लामपोखरी ,हासपोखरी लगायतका अत्यन्त्यै रमणीय मनमोहन क्षेत्र रहेका छन् ।