सिमा अतिक्रम विरुद्ध जागे बेलबारीका बासिन्दा पनि, सडकमा निस्केर बिशाल प्रदर्शन

  • २ मंसिर २०७६, सोमबार

बेलबारी, माेरङ/ भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतकाे भूमिलाई समेटेर नयाँ राजन‌तिक नक्सा सार्वजनिक गरेकाे विषयलाई लिएर मोरङ बेलबारीका बासिन्दा आन्दाेलित भएका छन् ।

युवा जागरण नेपालकाे सक्रियतामा भेला भएका विभिन्न पेसा व्यवसाय, विद्यार्थी, राजनीतिक दलमा आवद्ध युवाहरुले र्यालीकाे आयाेजना गरेर भारतकाे हेपाहा प्रवृतिविरुद्ध आवाज वुलन्ध पारेका हुन । “कालापानी हाम्राे हाे”, “गाे व्याक ईण्डिया” लेखिएका लेखिएका प्लेकार्ड वाेकेर नगर परिक्रममा गरेका थिए ।

बेलबारी नगरपालिकाकाे उत्तरतर्फ रहेकाे दुर्गा मन्दिरबाट निस्किएकाे र्यालीले बजार परिक्रमा गरेर पुन: बसस्ट्याण्ड नजिकै पुगेर काेणसभामा परिणत भएकाे थियाे ।

र्यालीपछिकाे काेणसभालाई युवा जागरण अभियानका अध्यक्ष सुजित बस्नेत, विद्यार्थी नेता पारुल क्षेत्री, उद्याेग वाणिज्य सङ्घ बेलबारीका अध्यक्ष याेगेन्द्र सुवेदी, नेपाली काङ्काग्रेस महासमिति सदस् नगेन्द्र जमरकट्टेल, सङ्घिय समाजवादीका अमिर मगर, लगायतकाले संवाेधन गरेका थिए ।

त्यहाँ बाेल्ने अधिकांस वक्ताले भारतकाे हेपाहा प्रारवृत्तीकाेे विराेध गरेका थिए ।

उनीहरुले राष्ट्रियताकाे पक्षमा सबै एक भएर अघि वढ्नु पर्नेे र त्सयसका लागि सरकारलाई दराे खुट्टा टेकेर अघि वढ्न आग्रह गरेका थिए ।

केही दिनअघि पनि बेलबारी नगरपालिका वार्ड नं ३ मा रहेकाे ड्रिमल्याण्ड फन पार्कमन एक कार्यक्रम गरेर विराेध जनाउदै आवश्यक परेमा पुर्खाले झैँ खुँडा खुकुरीले आन्दाेनलमा उत्रिने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।