संखुवासभा र कास्कीमा नेकपा बिजयी, धरानमा कांग्रेस, पाँचथर र दाङमा नेकपा अगाडि
धरानमा नेकपालाई क्या टेन्सन !
- १५ मंसिर २०७६, आईतवार
भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ४४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका थिए । त्यस्तै नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाए । त्यहाँ यसअघि नेकपाले जितेको थियो ।
धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनमा आइतबार बिहान नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिए पनि दिउँसोको मत परिणाममा कांग्रेस अगाडि आइपुगेको छ । नेकपा उम्मेदवार प्रकाश राईलाई कांग्रेस उम्मेदवार तिलक राईले उछिनेपछि प्रतिस्पर्धा रोचक बनेको छ ।
संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोख्रेल बिजयी भएका छन् ।
जम्मा १० मतदान स्थलका ९ हजार एक मतदाता रहेको मकालु गाउँपालिकामा ५ हजार सात सय ७४ मत खसेको थियो। विकट मकालु गाउंँपालिकामा ६ वटा वडा छन् ।
त्यस्तै कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई अग्रता बिजयी भएकी छिन् ।
उता पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको गणना अनुसार नेकपाका उमेदवार वीरबहादुर कुरुङवाङले नेपाली कांग्रेसका उमेदवार वृज आङदेङ्बेलाई पछाडि पार्दै अग्ररता लिएका छन् ।
त्यसैगरी प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनको प्रारम्भिक नतिजामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अग्रता लिएको छ ।
दाङको नतिजा अनुसार नेकपाकी प्रदेशसभा उम्मेदवार बिमला खत्री नेपाली कांग्रेसका उम्मेदवार केशव शर्मा आचार्यभन्दा अग्रस्थानमा छिन् ।