कास्कीमा बिजयी भइन् विद्या, धरानमा चाहिँ कांग्रेसको अग्रता

  • १५ मंसिर २०७६, आईतवार

कास्की २ को उप निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । तत्कालीन पर्यटनमन्त्री रबिन्द्र भट्टराईको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो स्थानमा रबिन्द्रकी पत्नी विद्या उम्मेदवार भएकी हुन् । उनले  २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत पाएका थिए ।

त्यस्तै धरान उपमहानगरपालिकाको उपनिर्वाचन परिणाममा नेपाली कांग्रेसका उम्मेदवार अगाडि आएका छन् ।

आइतबार राति ८ बजेको मत परिणामअनुसार कांग्रेसका तिलक राईले ११ हजार ८ सय २७ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश राईले ११ हजार १ सय २० मत पाएका छन् ।

यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन उम्मेदवार एमालेका तारा सुब्बा २० हजार ९७५ मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेसका तिलक राईले १६ हजार १ सय २ मत ल्याएका थिए ।