कांग्रेसले जित्यो धरानको मेयर; कांग्रेसीहरु दंंग, बामपन्थीको किल्ला भंग

  • १६ मंसिर २०७६, सोमबार

धरान उपमहानगरपालिकाको मेयरमा  कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन् ।

तीन चार दशकदेखिको कम्युनिष्टको किल्ला तोड्ने क्रममा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराउँदै तिलक बिजयी भएका हुन् ।

तिलकले २६ हजार ७ सय ९ मत पाए भने प्रकाशले २३ हजार ९ सय १४ मत ल्याएका थिए  ।

दुई वर्षअघि भएको चुनावमा धरानमा तत्कालीन नेकपा एमालेका नेता तारा सुब्बा तिलक राइलाइ नै ४ हजार मतान्तरले पराजित गर्दै विजयी भएका थिए ।