लेटाङको गुवावारीमा आगलागी, २५ लाखभन्दा बढी क्षति

  • २९ माघ २०७६, बुधबार

मोरङको लेटाङ नगरपालिका ६ स्थित गुवावारीको एक घरमा  आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ ।

घरमा जडित विद्युत सर्ट भई आगलागी हुँदा लेटाङ ६ गुवाबारीका जीवन तामाङको दुई तले काठको घर तथा घरमा रहेका सम्पुर्ण सामग्री जलेर नष्ट भएका छन्  । बुधबार विहान ११ बजेतिर टिभि कोठामा विजुली सर्ट भइ आगलागी भएको थियो ।

सुन्दरहरैचा नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएका दुई वटा दमकल, नेपाल प्रहरी , पुर्वी प्रितना तालिम केन्द्र लेटाङका नेपाली सेना तथा स्थानियकाे सहयाेगमा करिव एक घण्टापछि आगलागी नियन्त्रणमा लिइएकाे थियाे ।

आगलागीवाट करिव २५ लाख बरावरको क्षति भएको लेटाङ नगरपालिका वडा नं ६ का वडा अध्यक्ष जंगविर तामाङले जानकारी दिए ।

आगलागीबाट तामाङको घर पूर्ण रुपमा जलेर नष्ट भएकाले तत्काल पिडित परिवारलाई छिमेकीको घरमा राखिएको छ ।  लेटाङका नगरप्रमुख शंकर राईले नगरपालिकाले पहिलो चरणमा खाद्यान्न र लत्ताकपडा उपलव्ध गराउने र त्यसपछि क्रमिक रुपमा पहिलेकै अवस्थामा पुर्याउन सहयोग गर्ने बताए ।

स्थानिय आनन्द पौडेलले पिडित परिवारको अबस्था कमजोर भएकोले सबैले सहयोग गरेमा पिडितलाई सामान्य अवस्थामा फर्काउन सकिने बताए । – डम्बर जांँतेलीबाट