फोहोरबाट मोहर बनाउने अभियानका लागि अग्रसर भए उत्तरी मोरङका आधा दर्जन स्थानीय तहहरु
- ३ फाल्गुन २०७६, शनिबार
मोरङका ६ वटा पालिकाले फाहोरवाट मोहर बनाउन जुटेका छन् ।
ती स्थानीय तहहरुले वैकल्पीक उर्जा प्रबधन केन्द्र काठमान्डौमा सम्भावयता अध्यनका लागि सम्झौता समेत गरेका छन् ।बेलबारी, सुन्दरहरैचा, लेटाङ,पथरीशनिश्चरे नगरपालिका, केरावारी र कानेपोखरी गाँउपालिकाले सयुक्तरुपमा फाहोरवाट मोहर बनाउनका लागि अन्तरपालिका समन्वय समिति मोरङका संयोजक तथा बेलबारी नगरपालिकका मेयर ज्ञानेन्द्र सुवेदीले हस्ताक्षर गरेका हुन् ।
दैनिक संकलन हुने फोहोरमा मिसिएर आउने फलाम, काँच, कपडा, टुटेफुटेका विद्युतीय सामग्री, प्लास्टिकका बोतल,कार्टुन छानेर बिक्री गरी बाँकी रहेको फोहोरले ‘ल्याण्डफिल’साइडमा जम्मा गरेर मल बनाउने गरी अगाडि बढेका छौ, सुवेदीले भने – वैकल्पिक उर्जा प्रबर्धन केन्द्रले सम्भाब्यता अध्यन गरेर प्रतिबेदन बुझाएपछि ल्यानडफिल्ड साईड कहाँ राख्ने भनेर छलफल गरेर अगाडि बढाउँछौ ।’ मल सँगै उर्जाका लागि ग्यास समेत निकाल्ने उनले बताए ।
सुन्दरतामात्रै होइन, फोहोरबाट निस्कने प्रदूषित ग्यासले प्रभावित क्षेत्रका मानिस र जीवजन्तुको स्वास्थ्यमा असर पर्ने ठहर गर्दै स्थानिय तहहरु पछिल्लो समय फाहोर मैलाको ब्यबस्थापनसँगै आम्दानी गर्ने लक्ष्यमा समेत जुटेका छन् । फोहोर मैलासँगै मोरङका १७ वटै स्थानियतहरुले आफुलाई चाहिने कानुन तथा ऐनहरु समेत बनाइरहेका छन् । अन्तरपालिकमा देखिएका समस्या समाधान गर्नका लागि मोरङका स्थानीय तहहरुले अन्तरपालिका समन्वय समिति गठन गरेका छन् ।
गत हप्ता मात्र यिनै ६ वटा स्थानीय तहमा दस दस मेघावाट विद्युत उत्पादन गर्न दातासँग सम्झौता समेत भएको थियो ।