बेलबारीमा बिदेशबाट फर्केका ७५ भन्दा बढीको निगरानी गरिँदै, नगर बाहेकलाइ राहत बितरणमा रोक

  • १५ चैत्र २०७६, शनिबार

बेलबारी नगरपालिकाले टोल टोलमा स्वास्थ्यकर्मीहरु खटाएर बिदेशवाट आएका ब्यक्तिहरुको स्वास्थ अबस्थाबारे जानकारी लिन थालेको  छ  ।

कोरोना भाइरस रोकथामका लागि नगरपालिकाले बिदेशवाट आएका ७५ भन्दा बढी ब्यक्तिहरुको तथ्याक सकलन गरी तिनिहरुको दैनिक अबस्था बुझिरहेको छ । मेयर ज्ञानेन्द्र सुवेदीले कोरोना भाइरस रोकथामका लागि २४ घन्टानै तयारी अबस्थामा बस्न वडाध्यक्षहरुलाई निर्देशन समेत दिएका छन् ।

यसैबीच क्स आपतकालिन बैठकले विभिन्न निर्णयहरु गरेको छ ।बैठकले कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेका निर्णयहरुको कार्यान्वय गर्ने र बेलबारी नगरपालिका क्षेत्रभित्रका दैनिक ज्यालादारीमा काम गरी जीवनयापन गर्नुपर्ने अवस्थाका परिवारको सदस्य संख्या, बसोबास स्थल र आश्रित व्यक्तिहरुको वडा कार्यालय र टोलविकास संस्थासँगको समन्वयमा लगत संकलन गर्ने निर्णय गरेको छ ।

बैठकले नगर क्षेत्रभित्र विभिन्न राजनैतिक दल, निजी क्षेत्र, गैर सरकारी संघसंस्था र व्याक्तिहरुलाई नगरपालिकासँगको समन्वय र सहकार्य विना कुनै पनि किसिमको राहत वितरण गर्न नदिने निर्णय समेत गरेको छ ।