बेलबारी नगरपालिकाले गठन गर्यो कोरोना रोग रोकथाम तथा नियन्त्रण नगर समन्वय समिति
- १७ चैत्र २०७६, सोमबार
बेलबारी नगरपालिकाले कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्वय समिति गठन गरेको छ ।
सोमवार बेलबारी नगरपालिकाले वोलाएको सर्वदलीय बैठकले नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा ९ सदस्य समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा नगर उप प्रमुख ढाका कुमारी पराजुलीी, नेकपा नगर अध्यक्ष पर्शुराम सुवेदी, नेपाली कांंग्रेस नगर सभापति शम्भु भट्राई, सघिय समाजवादी नगर अध्यक्ष तिलक प्रसाद राई, राजपा नगर अध्यक्ष भरत चौधरी , बेलबारी नगरपालिका प्रबक्ता योगेन्द्र सुवेदी छन् । समितिको सदस्य सचिवमा बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप साह छन् ।
यसैगरी सर्वदलिय बैठकले राहत वितरण गर्दा एकद्धार प्रणाली अपनााउने निर्णय गरेको छ । सर्वदलीय वैकमा नगर प्रमुख सुवेदीले अहिलेसम्म नगरपालिकाले कोरोना रोग रोकथामका लागि गरेका कामहरु वारेमा दलहरुलाई जानकारी गराएका थिए ।
प्रदेश एकमै पहिलो पटक १५ वेडको.आइसोलेसन तयार पारेको नगरपालिकाले विभिन्न देशमा कर्मथलो बनाएका नगरवासीहरुको तथ्यांक सकलन तथा तिनिहरुको अबस्था बुझन दैनिक स्वास्थ्यकर्मी पठाउने गरेको मेयर सुवेदीले सर्वदलिय वैठकमा जानकारी गराएका थिए ।
उनले बेलबारीका सरकरी निजि स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरुले २४ घन्टानै सेवा दिइरहेको बताए । उनले कोरोना भाइरस रोग रोकथामका लागि खट्न यस अघिनै जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिइसकेका छन् ।