बेलबारी नपाको बिपत ब्यबस्थापन कोषमा पाँच सहकारीले दिने भए झण्डै डेढ लाख

  • २० चैत्र २०७६, बिहीबार

बेलबारी नगरपालिकाका नाममा एनएमबी वैक शाखा कार्यालय बेलबारीमा रहेको बिपत ब्यबस्थापन कोषमा बेलबारीका पाँच सहकारीले जम्मा १ लाख ३६ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

सहयोगको घोषणा गर्ने सहकारीहरुमा लागीगुराँस साकोस, साना किसान सहकारी, पाैरखी साकोस,  जनप्रेमी साकोस तथा दिपज्याेती साकाेस छन् ।

लालीगुराँस साकोसका अध्यक्ष दुर्गा गौतमका अनुसार लालिगुराँसले ५१ हजार सहयोग गर्ने भएको छ । त्यसैगरी साना किसान सहकारी, पाैरखी साकोस र जनप्रेमी साकोसले २५ हजारका दरले र दिपज्याेती साकाेसले १० गरी हजार गरी राहत काेषमा रु १,३६,००० जम्मा हुने भएको छ । कोषमा बेलबारी साना किसान सहकारी संस्थाले बिहीबार २५ हजार रुपैयांँ जम्मा गरिसकेको सहकारीका ब्यबस्थापक बाबुुुराम खड्काले  बताए ।

बिहिबार कोषमा साना किसान सहकारी र नगरपालिकाका दुई कर्मचारीसमेतबाट ५५ हजार ५ सय रुपैयांँ बैंक खातामा जम्मा भएको छ ।

कोषमा बेलबारी साना किसान सहकारी संस्थाले २५ हजार रुपैयां, बेलबारी नगरपालिकका कर्मचारी मदन रायमाझीले एक महिना बराबरको तलब २८ हजार र नगरपालिकाकै अर्का कर्मचारी निर्मल रिजालले दुई हजार पाँचसय रुपैयांँ जम्मा गरेको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरुले एक महिनाको सेवा सुविधा कोषमा जम्मा गर्ने घोषणा गरिसकेका छन् । बिहिबार नै बसेको कार्यपालिकाको वैठकले छैठौ तह वा सोभन्दा माथिका कर्मचारीको हकमा खाइपाइ आएको १५ दिनको तलब र छैठोतह भन्दा तलका कर्मचारीको १० दिनको तलब राहत कोषमा राख्ने निर्णय गरेको नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले बताए ।नगरपालिकाले यसअघि नै बिपद ब्यबस्थापन कोषमा १५ लाख जम्मा गरीसकेको छ ।

नगरपालिकाले एनएमवी बैक शाखा कार्यालय बेलबारीमा रहेको खाता नम्बर ०५४००६२१२४६०००११ मा सहयोग जम्मा गर्न राजनितिक दल, गैर सरकारी संघ संस्था, निर्माण ब्याबसायी, वित्तिय संघ संस्था, समुह तथा ब्यक्तिहरुलाई आग्रह गरेको छ ।