बेलबारी, सुन्दरहरैंचा र पथरीशनिश्चरे नपालाइ सुनिल शर्माको सहयोग, छुट्यो कानेपोखरी

  • २७ चैत्र २०७६, बिहीबार

केशु विरही, बेलबारी, माेरङ / नाेवेल मेडिकल कलेज विराटनगरका संचालक डा. सुनिल शर्माले उत्तरी मोरङका तीनवटा स्थानीय तहहरुलाइ कोरोनाको रोकथाम तथा उपचारका लागि जम्मा ३० लाख रुपैयाँ सहयोग गरेका छन् ।

शर्माले बेलबारी, सुन्दरहरैंचा र पथरीशनिश्चरे नगरपालिकालाई ३० लाख रुपैयाँ सहयोग गरेका हुुन् । बेलबारी नगरपालिकाकाे सभाहलमा विहिबार एक कार्यक्रमकाे आयाेजना गरेर नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा बेलबारीका स्थानीयवासी समेत रहेका डा. सुनिल शर्माले नगरपालिकाइ विपत व्यवस्थापनमा काेषमा जम्मा हुने गरी रकम जम्मा हुन ।

डा. शर्माले आफ्नो गृहनगर बेलबारीलाई ११ लाख ७५ हजार, सुन्दरहरैंचालाई रु ८ लाख ७५ हजार र पथरी शनिश्चरे नगरपालिकालाई रु ९ लाख ८६ हजारकाे चेक उपलव्ध गराएका हुन् ।

राहत रकमकाे चेक हस्तान्तरण गर्दै डा. शर्माले आफ्नाे परिवार पनि एउटा विपत्तिबाट गुज्रिएर आएकाेले विपत्तिकाे पीडा कस्ताे हुन्छ भन्ने कुरा राम्ररी महसुस गरेकाे बताउदै पीडामा परेका जनतालाई सहयाेग गर्न पाउँदा आफू र आफ्नाे परिवार सधैँ खुसी हुने वताए ।

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले विपत्तिकाे बेलामा आएकाे याे रकमले अभावमा जीवनयापन गरिरहेका गरिव तथा विपन्न नगरवासीलाइ ठूलाे सहयाेग पुग्ने बताए । नगरप्रमुख ढकालले व्यक्तिगत रुपमा यति ठूलाे रकम सहयाेग गरेकाेमा डा. शर्मालाई धन्यवाद दिए ।

बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले अहिलेकाे परिप्रेक्षमा गरिव तथा विपन्न जनतालाई दैनिक रुपमा खाध्यान्नकाे सङ्कटबाट मूक्त गराउने कार्यमा नगरपालिका लागिरहेकाे बताउदै दाताबाट आएकाे रकमले नगरवासीलाई ठूलाे सहयाेग पुग्ने बताए । नगरप्रमुख सुवेदीले पनि राहत रकमलाई मानिसकाे आस्थासँग जाेड्न नहुने कुरामा जाेड दिए ।

राहत हस्तान्तरण कार्यक्रमकाे अध्यक्षता समेत गरिरहेका नगरप्रमुख सुवेदीले सहयाेगकाे लागि तीनवटै नगरपालिकाकाे तर्फबाट डा. शर्मालाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सरसहयाेगकाे आशा गरे ।

गत चुनावमा माेरङ क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका प्रत्यासी समेत रहेका शर्मा लामाे समयदेखि ‘घरघरमा डाक्टर तथा घरघरमा नर्स’ कार्यक्रम मार्फत  गाउँगाउँमा स्वास्थ्य सेवा प्रवाहमा गरिरहेका छन् ।

डा. शर्माले विहिवार बेलबारी, सुन्दरहरैंचा, कानेपाेखरी तथा पथरी गरी चारवटा स्थानीयपालिकालाई संयुक्त रुपमा रकम हस्तान्तरण गर्ने कार्यक्रम रहे पनि कानेपाेखरी गाउँपालिकाले भने उक्त रकम हस्तान्तरण कार्यक्रममा सहभागिता जनाएन ।

कानेपाेखरी गाउँपालिकाले राजनैतिक कारणले रकम हस्तान्तरण कार्यक्रममा सहभागिता नजनाएकाे आरोप डा. शर्माले लगाएका छन् । यस्ताे विपत्तिमा राहतलाई राजनैतिक रुपमा लिएकाे भन्दै डा. शर्माले दुखेसाे पाेखे । उनले यस्ताे विपत्तिमा उपलव्ध हुने राहत रकमलाई राजनैतिक रुपमा नलिएर मानवीय रुपमा हेर्न समेत आग्रह गरेका छन्  ।

उता कानेपोखरी गाउँपालिकाले भने देश बिदेशका जुनसुकै दाताको सहयोग गाउँपालिकाले स्विकार्ने स्पष्ट पार्दै पुर्वाग्रहका कारण सुनिल शर्माले दिन लागेको सहयोग नलिएको भन्ने आरोपको खण्डन गरेको छ ।

गाउँपालिका अध्यक्ष तारा बहादुर काफ्लेले सुनिल शर्मालाई गाउँपालिकाले सधैं स्वागत गर्ने जनाउँदै बिहीबारको कुनै कार्यक्रमबारे आफुलाइ जानकारी नभएको बताए ।

बिहीबार साँझ कानेपोखरी गाउँपालिकाले यसै बिषयलाइ लिएर बिज्ञप्ति समेत प्रकाशित गरेको छ । हेर्नुस्  बिज्ञप्ति –