मोरङमा लकडाउनबाट प्रभावित ८३ हजार १ सय १२ बिपन्न परिवारले पाए सरकारी राहत
- ५ बैशाख २०७७, शुक्रबार
लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्ने तथा बिपन्न ८३ हजार परिवारलाई मोरङका १७ वटा पालिकाले राहत स्वरूप खाद्यान्न बितरण गरेका छन् ।
बिराटनगर महानगरपालिका सहित ८ नगरपालिका र ८ गाउँपालिका मध्ये १६ वटा स्थानीय तहले बिपन्नलाइ राहत बितरण गरेका हुन् ।
स्थानीय तहहरूले चामल, दाल, चिउरा, तेल, नुन र दूध वितरण गरेका छन् । मोरङको रतुवामाई नगरपालिकाले हालसम्म राहत वितरण गरेको छैन ।
कुन स्थानीय तहले कति परिवारलाई दिए राहत ?
विराटनगर महानगरपालिकाले २६ हजार २ सय ६८ परिवारलाई राहत वितरण गरेको छ । त्यसैगरी रंगेली नगरपालिकाले ७ हजार ७ सय ५२, बेलबारी नपाले ४ हजार १ सय १५, सुन्दरहरैचा नपाले ४ हजार ८ सय, लेटाङ नगरपालिकाले २ हजार १ सय ४१, पथरीशनिश्चरेले न.पा लेे ४ हजार २ सय ९४ परिवार र उर्लाबारी नगरपालिकाले ७ सय ९३ परिवारलाई राहत बितरण गरेका छन् ।
त्यसैगरी सुनवर्षी गाउँपालिकाले २ हजार ४ सय ९२, धनपालथान ६ हजार ४ सय २१, केराबारी गाउँपालिका १ हजार ५ सय ११,
ग्रामथान गाउँपालिका २ हजार ५ सय ४४, जहदाले गाउँपालिका ५ हजार ८ सय १६, कटहरी गाउँपालिका ४ हजार, बुढिगंगा गाउँपालिका ६ हजार ३ सय ८३, कानेपोखरी गाउँपालिका २ हजार २ सय ४० परिवार र मिक्लाजुङ गाउँपालिकाले १ हजार ५ सय ४२ घरघुरीलाई राहत वितरण गरेका छन् ।
जिल्लाका पालिकाहरूले कुल २९ लाख २७ हजार ७ सय १२ केजी, दाल १ लाख ७३ हजार ५ सय ८८ केजी, आलु ५८ हजार ३ सय ३८ केजी चामल, ८२ हजार १ सय ९१ केजी नुन, ४६ हजार ७ सय ३९ लिटर तेल, ७३ हजार ७ सय ६३ थान साबुन, ३९ हजार ४ सय २ केजी चिउरा र १ हजार ५ सय ३० लिटर दूध वितरण गरेका जिल्ला प्रहरी कार्यालय मोरङको एक तथ्यांकले देखाएको छ ।