सार्वजनिक भो बेलबारी नगर क्षेत्रका लागि खाद्य पदार्थहरुको मुल्यसूची, कसैले ठग्लान् है !

  • ६ बैशाख २०७७, शनिबार

बजारमा दैनिक उपभोग्य बस्तु कृतिम अभाव र बढी मुल्यमा बिक्रिविरण हुन नदिन बेलवारी उद्योग वाणिज्य संघ बेलबारीले  बेलबारी नगरपालिका र ईलाका प्रहरी कार्यालय बेलबारीसँगको समन्वयमा नगर क्षेत्रभित्रका सबै पसलहरुमा उपलब्ध हुने खाद्य पदार्थहरुको मुल्यसूची सार्वजनिक गरेको छ ।

केहि दिनदेखि बेलवारी नगरपालीका क्षेत्र भित्रका खाद्य किराना पसलहरुमा उपमेयर ढाकाकुमारी पराजुली सहितको अनुगमन टोलीले पटक पटक अनुगमन गर्दा मुल्यमा एकरूपता नपाइएपछि मुल्यसूची सार्वजनिक गरी मुल्यमा एकरुपता ल्याइएको हो ।

बेलवारी नगरपालिका र ईलाका प्रहरी कार्यलयसंँग समन्वय गर्दै बेलवारी उद्योग वाणिज्य संघले शुक्रबार बजार अनुगमन गरेको थियो । त्यसपश्चात मुल्यमा एकरुपता ल्याउने निर्णय भए बमोजिम मुल्ययसुची सार्वजनिक गरिएको बेलवारी उद्योग वाणिज्य संघका अध्यक्ष योगेन्द्र सुवेदीले बताए ।

फरक फरक पसलमा फरक फरक मुल्य रहँदा उपभोक्तालाई असजिलो भएकोले उपभोक्तालाई राहत र व्यवसायीहरुलाई पनि  विक्री वितरण गर्न सजिलो होस् भनेर जिल्लामै पहिलो पटक मुल्यमा एकरुपताको निर्णय गरिएको उद्योग वाणिज्य संघ बेलबारीका बरिष्ठ उपाध्यक्ष राजेशजंग कार्कीले बताए  ।

बेलवारी उद्योग वाणिज्य संघ बेलवारीले शनिबार एक विज्ञप्ती जारी गर्दै बेलवारी नगरपालिका, इलाका प्रहरी कार्यालय र बेलवारी उद्योग वाणिज्य संघको संयुक्त रुपमा भएको बजार अनुगमनबाट विभिन्न खाद्य वस्तुको मुल्य निर्धारण गरिएको जनाएको छ।

खाद्य सामग्रीको जारी गरिएको भन्दा कुनै पसलले बढी मुल्य  लिएको पाईएमा तुरुन्तै उद्योग वाणिज्य संघ, बेलवारी नगरपालिका अथवा प्रहरी कार्यलयमा खवर गर्न अनुरोध गर्दै मुल्य सुचीभन्दा बढी मुल्यमा बेचेको पाईएमा कानुन बमोजिम कार्वाही हुने चेतावनी दिइएको छ ।

यस्तो छ मुल्य सुची

१) कान्छी मन्सुली चामल (नयाँ)  ४० रुपैयाँ  प्रति केजी
२) कान्छी मन्सुली चामल (पुरानो) ४२ रुपैयाँ प्रति केजी
३) आयो नुन  २२ रुपैयाँ प्रति केजी
४) चिनी  ८० रुपैयाँ प्रति केजी
५) चिउरा ६० रुपैयाँ प्रति केजी
६) तोरी तेल  ९५ रुपैयाँ एक पोका
७) रिफाइन तेल  ८० रुपैयाँ प्रति पोका
८)  मैदा  ६० रुपैयाँ प्रति केजी
९)  चना ११० रुपैयाँ प्रति केजी
१०) हरियो मटर १२२ रुपैयाँ प्रति केजी
११) भुजा ८० रुपैयाँ प्रति केजी
१२)  मुसुरो दाल १२० रुपैयाँ प्रति केजी