भाउन्ने, बाहुनी, साेमबारे, कसेनी लगायतका ग्रामीण बजारहरुमा बेलबारी नपाको अनुगमन

नुन र तेल महँगोमा बेचेको फेला

  • ८ बैशाख २०७७, सोमबार

केशु विरही, बेलबारी, माेरङ / लकडाउनकाे अाडमा व्यापारीहरुले कृतिम अभावकाे सिर्जना गरेर आफूखुसी मूल्य लिएकाे जनगुनासाे आएसँगै बेलबारी नगरपालिकाले अनुगमनलाई कडाई गरिरहेकाे छ ।

पछिल्लाे समय दिनहुंँजसाे बेलबारी नगरपालिकामा अनुगमन भैरहेकाे छ । नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीकाे नेतृत्वमा गएकाे अनुगमन टाेलीले बेलबारीका विभिन्न स्थानकाे अनुगमन गरेकाे थियाे ।

यसपटक अनुगमन समितिले मूख्य बजारभन्दा केही टाढा रहेका भाउन्ने, बाहुनी, साेमबारे तथा कसेनी लगायतका क्षेत्रका पसलहरुमा केन्द्रित रहेकाे थियाे ।

अनुगमन समितिले अनुगमन गर्ने क्रममा नेपाल सरकारले अनुदान समेत दिएर रु २० मा विक्री गर्नु पर्ने आयाेनुन समेत रु २५ मा र ९५ रुपैया ताेकेकाे खाने तेल १०० भन्दा वढीमा निर्वाध रुपमा विक्री वितरण भैरहेकाे भेटिएको छ । अनुदान दिएकाे, प्रष्ठ रुपमा मूल्य रु २० लेखिएकाे सामग्रीकाे यसरी मूल्य बढाएर बेच्न पाईन्छ र भन्दा आफूहरुले नै महङ्गाे दाम हालेकाेले यसरी बेच्नु परेकाे उनीहरुकाे तर्क रहेकाे थियाे ।

साथै अधिकांक्ष पसलमा साईनबाेर्ड तथा सामग्रीकाे मूल्य सूचि समेत नभएकाे, अर्थात साईनबाेर्ड र मूल्य सूचिकाे आवश्यता नै नवुझेकाे पाईएकाे अनुगमनका क्रममा फेला परेकाे थियाे ।

केही व्यपारीले त ९५ रुपैया ताेकेकाे खाने तेल १०० भन्दा वढीमा विक्री गरेकाे समेत पाईएकाे थियाे ।

व्यपारीले भने अाफूहरुले नै महङ्गाे दाम हालेकाेले केही महङ्गाे भएकाे प्रतिकृया दिएका छन् । केहीले भने ठूलाठूला हाेलसेल व्यपारीलाई कडाई गर्ने हाे भने बजारभाउ नियन्त्रणमा अाउने बताएका छन् ।

बाहिर बजारमा हल्ला भएजस्ताे कालाबजारी नभए पनि केही पसलहरुले गुड्काजन्य सामनकाे त सामन्य बजार मूल्यभन्दा दाेब्बरभन्दा बढी मूल्य लिने गरेकाे समेत पाईएकाेले उनीहरुलाई पहिलाे पटकका लागि सचेत गराएर सुध्रिने सर्तमा छाडिएकाे अनुगमनकाे नेतृत्व गरिरहेकी बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले जानकारी दिईन् ।

नगरस्तरीय उपभाेक्ता हित संरक्षण समिति तथा नगरस्तरीय अनुगमन समितिका संयाेजक समेत रहेकी पराजुलीले यस्ताे विषम परिस्थितीमा व्यापारीहरुलाई क्षणिक नाफा कमाउनेभन्दा पनि मानवीय रुपमा व्यवहार गर्न अाग्रह गरीन । उनले नगरवासीलाई अत्यावश्यक सामग्रीकाे अभाव हुन नदिन नगरपालिका लागिरहेकाे पनि बताईन ।

नगरपालिकाले यसरी गरेकाे अनुगमनलाई स्थानीयले भने सकारात्मक रुपमा लिदै यसलाई नियमित रुपमा गर्नु पर्ने बताएका छन् ।

सबैकाे सहयाेगले मात्र कुनै पनि अप्ठ्याराे परिस्थितिकाे सामना गर्न सकिने हुँदा यस्ताे विषम परिस्थितिकाे कसैले पनि फाईदा उठाउन खाेज्नु राम्राे हाेईन । नगरपालिकाले पनि नियमित रुपमा अनुगमन गर्नु आवश्यक देखिन्छ ।