बेलबारीका तीन स्थानमा बिपन्नका लागि बन्दैछन् सय घर, वडा नम्बर ४ मा पनि बन्न थाले २० वटा घर

  • १३ जेष्ठ २०७७, मंगलवार

मोरङको बेलबारी नगरपालिकाले गरिव तथा असाय परिवाहरुका लागि वडा नम्बर ४ मा पनि २० वटा घर बनाइ दिन थालेको छ ।

सहारा नेपाल, र ह्याविटेड नेपालको सहकार्यक्रमा नगरपालिकाले घर बनाइदिन थालेका हो । सोमवार वडा नम्बर ४ मा बन्ने घरहरुको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदिले शिलान्यास गरेका छन् । गरिव, असाय, एकल दलित तथा पिछडा वर्गहरुलाई घर नगरपालिकाले निशुल्क बनाइरहेको सुवेदीले बताए ।

नगरपालिकाको १ लाख ५० हजार सहारा नेपाल ह्याविटेड नेपालको १ लाख र स्थानियको श्रमदान ५० हजार गरी ३ लाखमा घर बन्ने साहारा नेपालका इनिजिनियर अनिल घिमिरेले बताए ।

यसअघि बेलबारी ११ र ३ मा ८० घरको निर्माण भइरहेको छ । घर बन्न थालेपछि बर्षै देखि समस्यामा परेकाहरु पनि दंग छन् ।
नगरपालिकाले यसै आर्थीक बर्षमा १ सय वटा घर बनाई सक्ने घोषणा गरेको थियो ।