घर भाडा मिनाहा गर्ने धनकुटाका ६७ घरधनीहरुलई धनकुटा उद्योग बाणिज्य संघको सम्मान
- २९ जेष्ठ २०७७, बिहीबार
लकडाउन अबधिमा घर भाडा मिनाहा गर्ने धनकुटा बजारका घरधनीहरुलई धनकुटा उद्योग बाणिज्य संघले दोसल्ला तथा खादा ओढाएर सम्मान गरेको छ ।
लक डाउनको समयमा व्यापार व्यावसाय वन्द भै संकटमा परेका धनकुटाका व्यापारीहरुलाई घर भाडा मिनाहा गरी दिई दुखमा ठूलो सहयोग गर्नु भएको भन्दै धनकुटा उद्योग बाणिज्य संघले घर भाडा मिनाहा गरी दिई महत्वपूर्ण सहयोग गरेको भन्दै धनकुटाका घरधनीहरुलाई दोसल्ला तथा खादा ओढाएर सम्मान गरेको हो ।
घर भाडा छुट गर्ने धनकुटाबजारका ६७ जना घरधनीहरुलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेजिना पलिखे, अम्विका धमला, लिजा श्रेष्ठ, रेवती प्रसाद अधिकारी, सुनिता थापा, फर्निचर व्यावसायी संघका अध्यक्ष तथा मासु व्यावसायी संघ धनकुटाका अध्यक्ष मिलन खड्गीले दोसल्ला तथा खादा ओढाए र टिका लगाई दिई सम्मान गरेका छन् ।