धनकुटामा थप एक सय भन्दा बढीले गरे घर भाडा छुट दिने घोषणा
- ७ असार २०७७, आईतवार
धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा वरिष्ठ समाजसेवी धर्मलाल श्रेष्ठ सहित सय भन्दा बढीले व्यवसायी तथा व्यापारीहरुलाई धनकुटामा घर भाडा छुट दिने घोषणा गरेका छन् ।
कोरोना भाईरस नियन्त्रण गर्न सरकारले लक डाउन लगाएपछि व्यापार व्यावसाय बन्द भई उद्योगी व्यापारी र व्यावसायीहरुलाई ठूलो आर्थिक संकट भएको बेला धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सहित एक सय भन्दा बढीले घर भाडा मिनाहा घोषणा गरेका हुन् ।
घर भाडा मिनाहा घोषणा गर्नेहरूमा धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा वरिष्ठ समाजसेवी धर्मलाल श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं. ७ हुलाकटोलका यूवा समाजसेवीहरु सुरेन्द्र आठपहरिया, विस्सेश्वर जोशी, सरिता श्रेष्ठ जोशी, धनकुटा नगरपालिका वडा नं. ५ का समाजसेवी तथा यूवा व्यावसायी बिनय प्रधान, दोर्ण गुरागाई, धनकुटा वडा नं. ६ विचबजारका मान वहादुर पराजुली, पवित्रा पराजुली, पुस्कनाथ श्रेष्ठ, गोपाल वहादुर श्रेष्ठ, गिता श्रेष्ठ लगायत छन् ।
यसैगरी धनकुटा नगरपालिका वडा नं. ६ का इन्द्र वहादर श्रेष्ठ, दिपेश शाही, सरिता श्रेष्ठ, दुर्गा श्रेष्ठ, विष्णु प्रसाद पौडेल, राधिका पौडेल, गंगा खड्गी, बिद्या राई, शिखर श्रेष्ठ, पूर्ण कृष्ण श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं. ७ का रोशनराज श्रेष्ठ, दुर्गा श्रेष्ठ, योगिन श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, हरी कुमार श्रेष्ठ, दिपन श्रेष्ठ, कमला श्रेष्ठ, अन्तकुमारी श्रेष्ठ, रुकमणी श्रेष्ठ, दिपिका शाक्य, मिना श्रेष्ठ, इन्दु श्रेष्ठ, सुनिता श्रेष्ठ लगायत धनकुटामा एक सय भन्दा बढीले घर भाडा छुट गरी दुखमा व्यापारी तथा व्यवसायीहरुलाई सहयोग गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष बिजय सन्तोषी राइले बताए ।
धनकुटा उद्योग बाणिज्य संघले धनकुटा जिल्लाभरीका घरधनीहरुलाई प्रत्यक्ष रुपमा दैनिक घर घरमा नै गएर भेटघाट तथा छलफल गरी लक डाउनका कारण उद्योग व्यापार तथा व्यावसाय बन्द हुंँदा व्यापारी तथा व्यावासायीहरुलाई ठूलो संकट भएकाले घर भाडा मिनाहा गरी सहयोग गरीदिन हुन अनुरोध गरिरहेको छ ।
यसअघि पनि धनकुटा बजार र हिलेका डेढ सयभन्दा बढीले लकडाउन अबधिमा घरभाडा छुट दिने घोषणा गरिसकेका छन् ।







































































