बेलबारीमा अर्का एक जनामा पनि कोरोना संक्रमण पुष्ठी

  • २२ असार २०७७, सोमबार

बेलबारीमा अर्का एक जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका बेलबारी २ का ५० वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परिक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्तिलाई सुन्दरहरैँचा गोठगाउँ स्थित कोरोना उपचार केन्द्रको आइसोलेसन मा राखिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिए ।

यस अघि भारतबाटै बेलबारी आएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै बेलबारीमा कोरोना संक्रमितको संख्या २ पुगेको छ ।