कृषिमा आत्मनिर्भर बन्न खोज्दै बेलबारी नगरपालिका, कृषकहरुलाई १४ वटा पावर टिलर बितरण

  • २४ असार २०७७, बुधबार

 केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले यतिखेर कृषिलाई प्रवर्धन गर्ने अभिप्रायले किसानलक्षित कार्यक्रमहरु अगाडि वढाईरहेकाे छ ।

नगरपालिकाले उत्पादकत्व वढाउँदै नगरलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ किसानलाई पावर टिलर, मिनिपावर टिलर, मकै छाेडाउने थ्रेसर, सिंचाई पम्प लगायतका कृषि औजारहरु वितरणलाई निरन्तरता दिएको छ ।

बेलबारी नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा नगरभित्रका १४ जना किसानलाई मिनिटिलर बितरण गरीएको छ । परम्परागत खेतिलाई आधुनिक खेतिमा रुपान्तरण गर्दै बिकास गर्न उपकर.णहरु बितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

केहि दिन अघि नगरपालिकाले ५ वटा मिनिटिलर र १६ वटा मकै छोडाउने मिसिन बितरण गरेको थियो भने मंगलवार ९ वटा मिनि टिलर बितरण गरेको छ ।

प्रदेससभा सांसद यसाेदा अधिकारीकाे समेत उपस्थितमा मंगलबार भएकाे एक कार्यक्रममा नगरका लक्षित किसानहरुलाई नगरपालिकाले कृषि औजार वितरण गरेकाे हाे ।

साे कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाह, नगर प्रवक्ता याेगेन्द्र सुवेदी लगायतकाे सहभागिता थियाे ।

कृषिकाे विकासविना अन्य विकास फिका हुने तथ्यलाई मध्यनजर गर्दै नगरपालिकाले किसानलक्षित कार्यक्रम अघि सारेकाे नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली बताउंँछिन् । उपप्रमुख पराजुलीले आफूहरु नगरलाई कृषिक्षेत्रमा आत्मनिर्भर बनाउन लागिरहेकाे, आ.व.२०७७/७८ काे नीति तथा कार्यक्रममा समेत साेही अनुसारका कार्यक्रम ल्याएकाे बताइन् ।

परम्परागत रूपमा चल्दै आएको कृषि प्रणालीलाई निर्वाहमुखी भन्दा पनि व्यावसायमुखी बनाउन सकेमा मात्र सरकारले अघि सारेकाे समृद्ध नेपाल सुखी नेपालीकाे नारालाई साकार पार्न सकिने उपप्रमुख पराजुलीकाे धारणा छ ।

नगरपालिकाले कृषिमा आधुनिकीकरण गर्दै नगरलाई गोरुबाट जोत्ने पद्धतिका ठाउँमा मेसिनबाट काम गर्ने वातावरण बनाउँन यो अभियान थालेको बेलबारी नगरपालिकाका कृषि शाखा प्रमुख विनाेद दाहाल बताउंँछन् ।

नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा नगरभित्रका ९ जना किसानलाई मिनिपावरट्रिलर, ५ जनालाई पावरट्रिलर , १८ जनाले मकै छाेडाउने थ्रेसर र १६ जनाले सिंचाई पम्प पाएका छन् ।

नगरपालिकाले दिएकाे जानकारी अनुसार पावर टिलरकाे बजारमूल्य दुई लाख बीस हजार, मिनिपावर टिलरकाे रु एक लाख पाँच हजार, मकै छाेडाउने थ्रेसरकाे रु १६ हजार पाँच सय र सिंचाई पम्पकाे ३० हजार पाँच सय पर्न जान्छ ।

सबैकाे खेतिकाे समय एकैपटक भएकाेले ट्याक्टर पाउन समेत समस्या भएकाे बेलामा नगरपालिकाले अनुदानमा पावरटिलर उपलव्ध गराए पछि किसानहरु पनि मख्ख देखिएका छन् । उनीहरुले याे कामकाे लागि नगरपालिकालाई धन्यवाद समेत दिएका छन ।

केहीदिन अघि पनि नगरपालिकाले नगरप्रमुख ज्ञानेन्द्र सुवेदी र उपप्रमुख ढाकाकुमारी पराजुलीकाे उपस्थितिमा नगरका विभिन्न वडाका कृषक समूह छनोट गरी खेतबारी जोत्ने मिनिट्रयाक्टर, मकै छाेडाउने थ्रेसर र सिंचाई पम्प वितरण गरेकाे थियाे ।

साथै नगरपालिकाले निःशुल्क रुपमा माटाे परीक्षण समेत गरिरहेकाे छ ।

यतिखेर धानखेतिकाे माैसम छ । किसानहरु धान राेप्नमा व्यस्त छन । मानु खाएर मुरि उव्जाउने बेलामा एकातिर सरकारका समर्थन र विराेधमा युवाजनशक्ति प्रयाेग भइरहेका छन भने अर्काेतिर किसानहरुले बीउ तथा मलखादकाे अभाव झेलिरहेका खवरहरु वारम्बार अाईरहँदा नगरपालिकाले भने यस अार्थिक वर्षदेखि बीउ र मदखाद आदिमा कुनै अभाव हुन नदिने बताएकाे छ ।

अधिकांक्ष मानिसहरु कृषि पेसामा निर्भर रहे पनि राज्यले कृषिलक्षित कार्यक्रम ल्याउन नसकेकाे, ल्याएका कार्यक्रमहरु पनि वास्तविक किसानकाे पहुचभन्दा टाढा रहेकाे गुनासाे अाईरहेकाे बेलामा बेलबारी नगरपालिकाले अाफ्नै बजेटबाट सुरु गरेकाे याे कार्यक्रमकाे सह्राना गर्नै पर्छ । अरु स्थानीयपालिकाहरुले पनि बेलबारी नगरपालिकाले जस्तै कार्यक्रम संचालन गर्ने पाे हाेकि ?