नौमति बाजा संरक्षण र प्रबर्द्धनका गर्दै बेलबारी नगरपालिका, परिवार समाजलाई दिइयो नौमति

  • ३१ असार २०७७, बुधबार

बेलबारी नगरपालिकाले लोपोन्मुख नौमती बाजा संरक्षण तथा प्रबर्द्धन गर्न थालेको छ ।

बिभिन्न शुभकार्यका शुभसाइतका रुपमा लिइने बाजालाई लोप हुन नदिनका लागि नगरपालिकाले बाजा खरिद गरेर परिवार सेवा समाज बेलबारीलाई हस्तान्तरण गरेको छ । सोमवार नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले परिवार सेवा समाज बेलबारीलाई नौमति बाजा तथा कपडा हस्तान्तरण गरेका ।

बाजा सञ्चालनका माध्यमबाट रोजगारीको सुजना गर्ने, युवा पुस्तालाई नौमती बाजामा रुचीको विकास गर्ने लगायताको बिकास गर्नका लागि नौमति बाजा र ड्रेस हस्तान्तरण गरीएको नगर प्रमुख सुवेदीले बताए ।

नौमति बाजाको संरक्षणवाट नगरमा आन्तरिक तथा वाह्य पर्यटन प्रवर्दनमा सहयोग पुग्ने विश्वास समेत लिइएको नगर प्रमुख सुवेदीले बताए । नेपाली कला, संस्कृति र प्राकृतीक दृष्यहरु हेर्नका लागी विदेशी पर्यटकहरु नेपाल आउने गर्दछन् ।

विशेषगरी नौमति बाजाको धून पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । विवाह उत्सव जस्ता शुभकार्यमा नौमति बाजा वजाउने गरिन्छ । नौमती अन्तरगत पर्ने दुई वटा नरसिंह, दुई वटा सनही, दुईवटा दमाह, एउटा ढलकी, एउटा ट्याम्को र एउटा झ्याली तथा नौमति बजाउनेहरुलाई एक एक थान कपडा बितरण गरीएको छ । नौमति बाजाबाट परिवार समाजले संरक्ष्णसंँगै त्यही पेशाबाट आम्दानी पनि गर्ने गरेको छ ।