धनकुटामा ५ घर विस्थापित, लेउती र गर्जुवा खोलाको कटानले गर्जुवा गाउँ जोखिममा

  • ६ श्रावण २०७७, मंगलवार

ईश्वर थापा, धनकुटा / निरन्तरको बर्षाका कारणले ्धनकुटा जिल्लामा ५ घर विस्तापित भएका छन् ।

वर्षासँगै खसेको पहिरोले महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका ३ घर र धनकुटा नगरपालिका १ हिलेका २ घर विस्तापित भएका हु। पहिरोका कारण धनकुटा १ हिलेका डिल्ली घिमिरे र तेजबहादुर पौडेलको परिवार विस्तापित भएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

यस्तै पहिरोका कारण महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका दिपक भण्डारी, जितेन श्रेष्ठ र ब्रह्मध्वज राईको परिवारलाई स्थान्तरण गरिएको छ।

यसैगरी साँगुरीगढी गाउँपालिका–७ लेउती र गर्जुवा खोलामा आएको बाढीले दुवै खोलाको संगम स्थलमा रहेको ९ घरपरिवारको बस्ती उच्च जोखिममा परेको छ । खोलामा आएको बाढीले घर नजिकै छेउको जमिन धमाधम कटान गरेपछि वस्ती जोखिममा परेको हो। खोलामा पानीको वहाव वढिरहेकोले त्रास रहेको स्थानीय यामबहादुर राईले बताउनु भयो ।

गर्जुवा खोलामा माटो सहित आएको बाढीले धरान–धनकुटा कोशी राजमार्ग समेत पटक पटक अवरुद्ध गरेको डिभिजन सडक कार्यालयका सुपरभाइजर अमृता राईले बताउनु भयो । पानी पर्ने वित्तिकै गर्जुवाको सिरमा पहिलो जाने र सोही पहिरोको लेदो माटो खोलाले बगाउँदा राजमार्ग अवरुद्ध हुने गरेको हो ।

सोमबार दिउँसो खोलामा आएको बाढीले धरानबाट धनकुटा आउँदै गरेको धनकुटा नगरपालिकाको को १ झ ५८४ नम्बरको गाडी आधा भाग पुरेको थियो । सडक डिभिजन कार्यालयले वाटोको पहिरो पन्छाउन परिचालन गरेको डोजरको सहायताले गाडि निकालिएको गाडिमा सवार धनकुटा नगरपालिकाका कार्यक्रम संयोजक सिताराम गौतमले बताउनु भयो । पहिरोले छिन् छिनमै वाटो अवरुद्ध भइरहने र डोजरले खुलाउने काम भइरहेको छ।