रोकिएन गछिया खाेलाको अबैध उत्खनन् , स्थानीय बासिन्दाहरु आन्दोलित

  • १२ श्रावण २०७७, सोमबार

केशु बिरही, गछिया मोरङ / श्रावन १ गतेबाट नदीजन्य सामग्रीहरु निकाल्न प्रतिवन्ध लगाईएपनि माेरङकाे गछिया खाेलामा भने उत्खनन् कार्य अझै पनि नराेकिएकाे पाईएकाे छ ।

केहीदिन अघिमात्र स्थानीयले गझिया खाेलाबाट बलुवा गिटी उठाईरहेका दुईवटा जेसिवि, एउटा टिफर र ट्याक्टर समातेर प्रहरीमा बुझाए पछि साे तथ्य बाहिर आएकाे हाे ।

यसरी अबैध रुपमा खाेला उत्खनन् नराेकिए पछि सुन्दरहरैंचा वार्ड नं ६ सुकुना टाेलका बासिन्दाहरुलाई भने अाफूहरुकाे बाँस नै उठ्ने हाेकि भन्ने चिन्ताले सताउन थाले पछि एकजुट भएर त्यसकाे विरुद्धमा एकजुट भएका छन ।

तर उत्खननमा सहभागी सवारी साधन तथा तिनका चालकलाई स्थानीय प्रहरीले समात्न नमाने पछि भने स्थानीयहरु चिन्तित बनेका छन । अबैध उत्खननमा सम्लग्नलाई समात्न स्थानीयहरुले माेरङका प्रमुख जिल्ला अधिकारीलाई गुहार्नु परेकाे थियाे । प्रमुख जिल्ला अधिकारी निर्देषनपछि मात्र जिल्लाबाटै आएकाे प्रहरीकाे टाेलीले उत्खननमा संलग्न सवारीसाधनलाई नियन्त्रणमा लिएकाे थियाे । अहिले पनि ती सवारीसाधन प्रहरीकै नियन्त्रणमा छन् ।

यसरी खाेला बन्द भएकाे वेलामा समेत उज्यालाे हुन नपाउँदै खाेलामा पसेर गिटिबालुवा निकालीरहेकाे फेलापारेपछि स्थानीयहरु झनै आन्दाेलित भएका हुन् ।

यसरी अबैध खाेला उत्खनन् भएकाे देखेर प्रहरीलाई खवर गर्दा समेत नअाउँदा स्थानीयहरु प्रहरी प्रशासनकाे समेत ठेकेदारसँगकाे मिलेमताेकाे आशंका गर्न थालेका छन् ।

गछिया खाेला अहिले तीस फिटजति गहिरेकाे, यसाे हुनुमा अबैध खाेला उत्खनन् र त्यसलाई प्रमाेट गर्ने क्रसर उद्याेगहरु नै मुख्य दाेशी रहेकाे स्थानीयकाे आराेप छ ।

अव्यवस्थित उत्खननले गर्दा पुरै वस्ती नै जाेखिममा रहेकाे वेलामा झन् यसरी अबैध उत्खननले पूरै गाउँलाई नै त्रसित बनाएकाे सुन्दरहरैँचा नगरपालिका वाडा नं ६ का वाडाध्यक्ष जीवनकुमार राई बताउँछन् ।

खाेला संझाैता आईईमा मेसिन प्रयाेग गर्न पाउने प्रावधान रहेकाेले गर्दा स्थानीय मजदुर मात्र नभएर पुरै बस्ती नै जाेखिममा परेकाे वाडाध्यक्ष राईकाे ठहर रहेकाे छ । वाडाध्यक्ष राई अब ठेक्का लाउँदा भने मेसिन लाउन नपाउँने, खाेलाबाट प्राप्त रकमकाे आधा रकम खाेलाकै तटबन्धमा लगाउनु पर्ने बताउँछन् ।

अव्यवस्थित खाेला उत्खननले गर्दा खाेला एकाेहाेरिएर तीन कराेडकाे लगानीमा हालसालै लाएकाे बाँधकाे तारजाली नै बगाईदिएकाे छ । झन यसरी रातीराती हुने अवैध उत्खननले गर्दा पूरै वस्ती नै खतरामा पुगेकाे स्थानीय शन्ताेष लिङ्देन बताउँछन् ।

खाेला उत्खननकाे विषयलाई लिएर आफूहरु नगरपालिका, जिल्ला समन्वय समिति तथा सिडियाे कार्यालय समेत पुगेका तर कहीबाट पनि सुनुवाई नभएकाे लिङ्देनकाे आराेप छ ।

सुन्दरहरैंचा -६ सुकुना टाेलका तेजबहादुर थापा पानी पर्नसात डरले थुरथुर भएर बस्नु परेकाे, खाला एकाेहाेरिएर बस्तिनजिकै आईपुगेकाे, त्यसैले अव्यवस्थित उत्खनन राेक्नु पर्ने उनकाे माग छ ।

सुकुना टाेलकै देविप्रसाद डाँगी भने गछिया खाेला यसरी भासिनुमा राजनैतिक कारण देख्छन । राजनैतिक पार्टी र तिनका पैसामुखी कार्यकर्ताले गर्दा आजकाे याे अवस्था अाएकाे उनकाे ठहर छ । आफ्नाे ३ विगाहाजति जमिन यही गछियाले खाईदिएकाे उनी बताउँछन् ।

यहाँ शन्ताेष, तेजबहादुर र देवीप्रसाद त प्रतिनिधि पात्र मात्र हुन् । यहाँका वासिन्दाहरुकाे सामूहिक पीडा हाे याे ।

अबैध रुपमा खाेला उत्खनन भएर खवर गर्दा पनि राज्यका संयन्त्रहरुकाे अनुपस्थितले हुनु, उत्खननमा सम्लग्नलाई समात्न प्रमुख जिल्ला अधिकारीकाे निर्देशन चाहिने अवस्था आउनुले राज्यप्रति स्थानीय जनताकाे विश्वास घट्दै गएको स्थानीय बासिन्दा बताउँछन् ।