प्रदेश १ मा ६० हजार बढीको पीसीआर परीक्षण, १६ सयभन्दा बढीलाई कोरोना पुष्ठि
- २८ श्रावण २०७७, बुधबार
कोरोना संक्रमणको आशंकामा प्रदेश १ मा ६० हजार बढीको पीसीआर परीक्षण भएकोमा १ हजार ६ सय भन्दा बढीलाइ कोरोना पुुुष्ठी भएको छ ।
२८ चैतयता कोशी अस्पताल बिराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रदेश १ बाहिरका जिल्लाका ४ हजार १ सय ७४ समेत गरी मंंगलबारसम्ममा ६२ हजार ५ सय ५८ वटा पीसीआर परीक्षण भएकोमा १६ सयभन्दा बढी संंक्रमित भेटिएका हुन् ।
प्रदेेेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १९ हजार, कोशी अस्पताल विराटनगरमा २२ हजार र प्रदेश प्रयोगशालामा १९ हजार भन्दा बढी पिसीआर एको छ ।
प्रदेश १ मा ८ जनाको मृत्यु भईसकेको छ । प्रदेश १ मा मोरङमा ७ सयभन्दा बढी संक्रमित छन् ।
प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसका ४८ जना नयाँ संक्रमित थप भएका छन्।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २४ जना संक्रमित थप भएका छन्। त्यसैगरि सुनसरीमा १४, झापामा ९ र प्रदेश १ बाहिरका १ पुरुष छन्। प्रदेशमा संक्रमित निको भएर घर फर्कनेको संख्या १ हजार १८ पुगेकाे छ।
मन्त्रालयका अनुसार प्रदेश १ मा बुधबार १ हजार ८ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १० महिला ३८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश १ मा रहेका तीनवटा प्रयोगशालाले दैनिक १ हजार ५ सय स्वावको परीक्षण गर्न सक्ने क्षमता रहेको बताए ।
प्रदेश प्रयोगशालाका अनुसार प्रयोगशाला विराटनगरमा १ हजार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९ सय, कोशी अस्पताल विराटनगरमा ८ सय ५० स्वाव होल्डमा छन् । हाल दैनिक ७ सय स्वाव होल्डमा हुने गरेको बताइएको छ ।