बेलबारीमा १० सहित मोरङ र सुनसरीमा एकैदिन थपिए ७५ जना कोरोना संक्रमित

प्रदेश १ का ८३ जनामा कोरोना पुष्ठि

  • १ भाद्र २०७७, सोमबार

प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाले जनाए अनुसार पछिल्लो २४ घण्टामा मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना कोरोना संक्रमित थपिएका हुन् ।                                                                                           मन्त्रालयका अनुसार सुनसरीको धरानमा १२ महिला र ६ पुरुष, गढीमा ४ पुरुष, इनरुवामा ४ पुरुष, देवानगञ्जमा ३ पुरुष, कोशी र रामधुनीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
मोरङका ४४ मध्ये बेलबारीमा ७ महिला र ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । २९ जना विराटनगरभित्रका मानिसलाई कोरोना देेेेेखिंँदा बुुुुढीगंंगामा १ महिला र ३ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा सोमबार  २४ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ९९ पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।