बाढी पहिरोले बच्चा गुमाएका आङ्लाको परिवारलाई धनकुटा कांग्रेसको सहयोग
- ९ आश्विन २०७७, शुक्रबार
अविरल बर्षा कारण भान्साघर भत्किएर छोरी गुमाएका धनकुटा महालक्ष्मी नगरपालिकाका वडा नं. ९ मूर्तीढुंगाका टाङ्ग वहादुर आङ्लाका परिवारलाई नेपाली कांग्रेस धनकुटाले आर्थिक सहयोग गरेको छ ।
अविरल रुपमा परेको पानीका कारण नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका वडा नं. ९ मूर्तीढुंगाका टाङ्ग वहादुर आङ्लाको भान्सा घर भत्कीदा उनका छोरा धन वहादुर आङ्लाको ७ महिनाको छोरी गंगा आङ्लाको पुरिएर निधन भएको र पशु तथा पंक्षीहरु र अन्न पानी,भाडा वत्तवन समेत पुरिएर पूर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ ।
पिडित धनकुटा जिल्ला महालक्ष्मी नगरपालिकाका वडा नं. ९ मूर्तीढुंगाका नेपाली कांग्रेसका पुराना नेता टाङ्ग वहादुर आङ्लाका परिवार लााई कांग्रेस धनकुटाले तत्कालाका लागी ११ हजार ५ सय ५ रुपैया आर्थिक सहयोगगरेको कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए ।
सो अवसरमा नेपाली कांग्रेस मूर्तीढुंगाका यूवा नेताहरु चेतनाथ सापकोटा,भूपाल मादेन,पदमसिं आङ्ला लगायतको सहभागीता रहेको थियो ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, प्रदेश सभाका सांसद लिला सुब्बा, संविधान सभाका सदस्य अञ्जना ताम्ली, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु बिष्णु पौडेल, रोशेष श्रेष्ठ, खेम पौडेल, राजेन्द्र पौडेल, महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी,जिल्ला उपाध्यक्ष अम्विका धमला,नेपाली कांग्रेस धनकुटका पूर्व सहसचिव राजन पौडेल,नेपाल निजामती कर्मचारी संघ यूनियनका धनकुटा अध्यक्ष खिर वहादुर बुढाथोकी,महिला अधिकारकर्मी मिना तुम्बा,नेपाली कांग्रेस धनकुटा ७ का सभापती सुनिल कुमार डंगोलले पिडित टाङ्ग वहादुर आङका छोरा धन वहादुर आङ्लालाई राहत रकम प्रदान गरेका थिए ।







































































