बेलबारीमा वडा अध्यक्ष सहित ८ जनालाई कोरोना सक्रमण

  • २४ आश्विन २०७७, शनिबार

बेलबारी बेलबारीमा एक जना वडा अध्यक्ष सहित ८ जनालाई कोरोना पुष्टि भएको छ ।
९ नम्बरका वडा अध्यक्ष नगेन्द्र खड्का सहित ८ जनामा कोरोना पुष्टि भएको नगरपालिका स्वास्थय शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । विश्वकर्माका अनुसार कोरोना पुष्टि हुनेहरुमा वडा नम्बर २ का ४ जना रहेका छन भने एनएमवि बैकको कर्मचारी १ जना, वडा नम्बर ५ का एक जना त्यस्तै वडा नम्बर एक का १ जना रहेका छन ।
असोज १९ गते नगरपालिकाले होम आइसोलेसनमा बसेका ३ जना सक्रमति सहित ३० जनाको स्वाब संकलन गरेर प्रदेश ल्याब बिराटनगरमा लगेको थियो । होम आइसेलेसनमा बेसेका ३ जना सहित २२ जनाको रिपोट नेगेटिभ आएको नगरपालिका स्वास्थ्य शाखा बेलबारीले जनाएको छ ।