प्रतिनिधिसभा विघटनको बिरोधमा धनकुटामा कांग्रेसको भब्य बिरोध प्रदर्शन
- १३ पुष २०७७, सोमबार
प्रधानमन्त्री के पी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको बिरोधमा नेपाली कांग्रेस धनकुटाले सोमबार धनकुटामा व्यापक प्रर्दशन गरेको छ ।
नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालय धनकुटाको संगम चौकबाट शुरु भएको वृहत विरोध ¥याली चर्को नारा लगाउदै धनकुटा बजारको परिक्रममा गरी धनकुटा बस पार्कमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
विरोध सभामा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाले संसद विघटन असंवैधानिक भएको जिकिर गर्दै संसद विघटनको प्रतिरोध गर्ने वताए ।
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले ओली सरकार अधिनायकवादी र सर्वसत्तावादी भएको वताए । संविधान सभा सदस्य तथा प्रदेश सासंद लिला सुब्बाले नेपाली कांग्रेसले संविधानको रक्षाका लागी आन्दोलन गर्ने वताए ।
बिरोधसभामा संविधान सभा सदस्य अञ्जना ताम्लीले संविधान विपरित गएर प्रधानमन्त्री ओलीले संसद विघटन गरी लोकतन्त्रमाथि प्रहार गरेको बताइन् ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतामा भएको विरोध सभामा नेपाली कांग्रेस आदीवासी जनजाती विभागका केन्द्रिय सदस्य आनन्द सन्तोषी राई, उपसभापति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई, जिल्ला सदस्यहरु कमोट फागो, निर्मल ओझा, नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, क्षेत्रिय सभापति जितेन्द्र राई, धनकुटा नगर कार्य समितिका सभापति रोशन श्रेष्ठ, यूवा नेता कृष्ण थापा, नेपाल महिला संघकी धनकुटा जिल्लाका उपाध्यक्ष अम्विका धमला लगायतले संविधानको रक्षा र लोकतन्त्रको सरक्षणका लागी कांग्रेस सडकमा आएको वताए ।
सोही समारोहमा नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छिन्ताङ्ग काण्डका सहिद बल बहादुर खत्री कार्कीका भाई युवराज कार्की लगायत टिकाराम राई, मोहन राई, भोला राई, चन्द्र परियार, पवित्रा परियार अञ्जली गिरी, बिमला रणपहेली, टिका नेपाली लगायत २३ जना नवप्रवेशीहरुलाई प्रमुख अतिथि तथा अतिथिहरुले टिका, अविर र माला लगाएर स्वागत गरेका थिए ।