विभिन्न कार्यक्रम गरी भगवती माविले मनायो ५७ औं बार्षिकोत्सव
- २२ पुष २०७७, बुधबार
मोरङ बेलबारीमा अबस्थित भगवती माध्यमिक बिद्यालयको ५७ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीको प्रमुख आतिथ्यता र विद्यालय ब्यबस्थापन समिति अध्यक्ष प्रताप थापाको अध्यक्षतामा मंगलबार औपचारिक कार्यक्रम गरी बार्षिकोत्सव मनाइएको हो । विभिन्न सामाजिक तथा शैक्षिक संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थितिमा गरिएको बार्षिकोत्सव कार्यक्रममा विद्यालयलाइ विशेष सहयोग गर्ने दाता तथा सहयोगीहरुलाइ सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाइ पुरस्कार बितरण पनि गरिएको थियो ।
सो अबसरमा विद्यार्थीहरुले आफुले बनाएका सामग्रीहरुको प्रदर्शनी समेत गरेका थिए ।
बार्षिकोत्सव कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह लगायत त्यसै विद्यालयका पुर्व विद्यार्थीहरुको पनि उपस्थिति थियो ।
बार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मानबहादुर खड्काले प्रस्तुत गरेको प्रतिवेदनलाई आधार मान्दा पनि केही बर्षयता शैक्षिक गुणस्तर खच्कदो अबस्थामा छ । विद्यालयको अबस्था सन्तोषजनक नभए पनि हाल विद्यालयको अबस्था बिगतको भन्दा सुध्रदै गएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रताप थापा बताउँछन् ।
विभिन्न स्थानमा गरी झण्डै ३ बिघा जग्गा जमीन रहेको स्कुलले राजमार्ग किनारका सहित विभिन्न ठाउँमा निर्माण गरेका सटरहरुबाट नियमित आम्दानी गर्दै आएको छ । अनुदान तथा सहयोगबाट कुल आम्दानीको ५७ प्रतिशत आर्थिक स्रोत जुटाउँदै आएको विद्यालयले कक्षा ११ र १२ का विद्यार्थीहरुसँग शुल्क लिने गरेको छ । साढे ७ लाखको अक्षयकोष समेत रहेको स्कुलको आय ब्यय २२ करोड ४३ लाख ९ हजार ९६ रुपैयाँ रहेको छ ।
कक्षा १ देखि १२ सम्म कुल १ हजार १ सय ३९ जना विद्यार्थी रहेको विद्यार्थीलयमा हाल ४ कर्मचारीसहित ३० जना शिक्षक शिक्षिका छन् ।