चुनाव हुने नहुने ठेगान नभए नि धनकुटामा निर्वाचनको ताउर माउर

  • २९ पुष २०७७, बुधबार

‍‍मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्नका लागि भन्दै जिल्ला निर्वाचन कार्यालयको आयोजनामा जिल्ला प्रशासन कार्यालय धनकुटामा सर्वपक्षिय कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतमा भएको मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम अन्र्तगत भएको सर्वपक्षिय कार्यक्रममा राजनैतिक दलका नेताहरु र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता थियो ।

कार्यक्रममा महालक्ष्मी नगरपालिका, चौविसे गाउंँपालिका, पाख्रिवास नगरपालिका, सहिदभूमी गाउंँपालिका, सांँगुरीगढी गाउपालिकाका विभिन्न स्थानहरुमा मतदान केन्द्र थप गर्न,समायोजन बारे छलफल भएको थियो ।

कार्यक्रममा नेकपा धनकुटाका सचिवालय सदस्यहरु नरेन्द्र पोखरेल, अर्जुन राई, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, जनता समाजपाटी धनकुटाका मणी लुङ्गेली, राप्रपाका टिका प्रसाद घिमिरे, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, पाख्रिवास नगरपालिकाका उपप्रमुख देव कला तिम्सिना, सहिदभूमी गाउंँपालिका अध्यक्ष मनोज राई, छथरजोरपाटी गाउंँपालिकाका अध्यक्ष शेर वहादुर लिम्बु, चौविसे गाउंँपालिकाका अध्यक्ष खजिन्द्र राई, सांँगुरीगढी गाउंँपालिकाका उपाध्यक्ष बिन्द्र राईले मतदातहरुलाई पायक पर्ने र सुविधा हुने स्थलमा मतदान केन्द्र राख्नु पर्नेमा जोड दिए ।

यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी गोविन्द्र अधिकारी, जिल्ला समन्य समितिका समन्वय अधिकारी राम नारायण श्रेष्ठ, राष्टिय अनुसन्धान धनकुटका प्रमुख तुलसी कट्टेल, सशस्त्र प्रहरी वल ६ नम्वर गुल्म छिन्ताङ्ग धनकुटाका प्रहरी निरिक्षक विश्वनाथ पोखरेल, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकिय अधिकृत जयराम श्रेष्ठ, नायक सुब्बा रत्न दर्लामी लगायतले पनि सहभागिता जनाएका थिए ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख सफल पोर्तेल, सुरज श्रेष्ठ लगायतले सहजीकरण गरेका थिए । उनीहरूले मतदात स्थल तथा मतदान केन्द्र पुनरालोकन सम्वन्धमा राजनैतिक दलका नेताहरु र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले दिएका सुझावहरुको सम्वन्धमा जिल्ला निर्वाचन कार्यालय धनकुटाले गृह कार्य गरी आगामी बैठकमा प्रस्तुत गर्ने निर्णय भएको छ ।