बेलबारीका एघार मध्ये सातवटा स्वास्थ्य चौकीहरु आफ्नै भवनमा, चारवटा भवन बन्दै
- १५ माघ २०७७, बिहीबार
बेलबारी नगरपालिका क्षेत्रका एघार आधारभुत स्वास्थ्य चौकी मध्ये सातवटा वडाका चौकीहरु आफ्नै भवनबाट सञ्चालन भएका छन् ।
बेलबारी नगरपालिका वडा नम्बर १, ४,५, ७, ८,९ र ११ का आधारभुत स्वास्थ्य चौकीहरुले आफनै भवनबाट स्वास्थ्य सेवा दिइरहेका हुन् । यसै हप्ता बेलबारी ४ मा नब निर्मित आधारभुत स्वास्थ्य चौकी भवनको उद्घाटन गरीएसँगै बेलबारीका सातवटा आधारभुत स्वास्थ्य चौकीहरुले आफ्नै भवनबाट सेवा दिएका हुन् । अबको केही समयपछि सबै वडाका स्वास्थ्य चौकीहरु आफ्नै भवनमा हुनेछन् । नगरपालिकाको वडा नम्बर ३,२,६ र १० मा आधारभुत स्वास्थ्य चौकीका भवनहरु निर्माण भइरहेका छन् ।
यसै हप्ता बेलबारी ४ मा नब निर्मीत आधारभुत स्वास्थ्य चौकी भवनको उद्घाटन गरीएको छ ।
मंगलबार एक कार्यक्रमका बिच नगरपालिकाका नगर प्रमुख (मेयर) ज्ञानेन्द्र सुवेदीले आधारभुत स्वाथ्य चौकी भवनको उद्घाटन गरेका हुन् ।
आधारभुत स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै नगर प्रमुख सुवेदीले सवै वडामा आफनै भवनबाट सेवा दिनेगरी काम गरीरहेको बताए ।
भवन उद्घाटन कार्यक्रममा जग्गा दाता कृष्ण माया दुलाल र कृष्ण प्रसाद दुलालाई समेत सम्मान गरीएको छ । जग्गा दाताहरुलाई नगर प्रमुख सुवेदीले दोसल्ला ओढाएर सम्मान गरेका हुन ।
नगरको पहिलो प्राथमिकता स्वास्थ्य नै रहेको नगर प्रमुख सुवेदीले बताए ।
१५ बेडको अस्पताल पनि बन्दै
यसअघि बेलबारी ४ मै १५ बेडको अस्पताल समेत शिल्यान्यास भइसकेको छ ।
हाल निर्माण भइरहेको सो हस्पिटलको केही समयअघि शिलान्यास गरिएको थियो ।