जेष्ठ नागरिक, गर्भवति र सुत्केरीलाई सम्मान तथा सहयोग गर्दै बेलबारी नगरपालिका

  • १६ फाल्गुन २०७७, आईतवार

मोरङको बेलबारी नगरपालिकाले नगर क्षेत्रभित्रका जेष्ठ नागरीकहरुलाई सम्मान तथा गर्भवति र सुत्केरी महिलाहरुलाई पोषिला खानेकुरा तथा न्यानो कपडा बितरण गरेको छ ।

नगरपालिकाले ९० बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरीकहरुलाई न्यानो कपडा सुईटर बलाङकेट बितरण गरेको छ । १ सय १७ जना जेष्ठ नागरीकहरुलाई घरघरमा गएर सम्मान गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । सवै वडामा पुगेर जेष्ठ नागरीकहरुलाई सम्मान गर्ने सुवेदीको भनाई रहेको छ ।

सम्मान पाउँदा जेष्ठ नागरीकहरु समेत खुशी भएका छन् । छोरा छोरीले जस्तै गरेर मेयर आफै आएर सम्मान पाउदाँ धेरै खुशी लागेको बेलबारी २ की ९३ बर्षीय हरी माया कडेलले बताइन् ।

यस्तै नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाइ पोसिलो खाना तथा न्यानो कपडा बितरण गरेको छ । नगर क्षेत्र भित्रका १ सय ४५ जना गर्भवति तथा सुत्केरी महिलाहरुलाई हर्लिक्स, नुन, चिनि, खाने तेल, प्रोटिन दाल, सरफ, डिटोल साबुन, बेबी गिफ्ट, सेनिटरि प्याड, ज्वानो र अन्डा लागयतका सामाग्री बितरण गरीएको थियो ।

एक्टिभ नेपालको सहयोगमा सामाग्रीहरु बितरण गरीएको हो ।
स्विस कन्ट्याक्ट् नेपाल र एक्टिभ नेपालको आयोजना ५ वटा स्थानियतहमा सामाग्रीहरु बितरण गरीएको एक्टिभ नेपालका निर्देशक सुमन कार्कीले बताए ।