आगलागीले घर खरानी भएको परिवारलाई धनकुटा उद्योग बाणिज्य संघको सहयोग
- ७ चैत्र २०७७, शनिबार
आगलागीबाट घर पूर्ण रुपमा ध्वस्त भै त्रिपालमा जिवन वताई रहेका धनकुटा नगरपालिका वडा नं. ६ का आगलागी पीडितका परिवारलाई धनकुटा उद्योग बाणिज्य संघले राहत सामग्री वितरण गरेको छ ।
धनकुटा नगरपालिका वडा नं. ६ का ८६ बर्षीय बुद्ध धन वहादुर ब्लोन तामाङ्गको परिवारलाई धनकुटा उद्योग बाणिज्य संघलेे राहत सामग्री दिएको हो ।
८६ बर्षिय बुद्ध तामाङ्गको हालै आगलागी भै घर पूर्ण रुपमा ध्वस्त हुँदा घर भित्र रहेका लत्ता कपडा,भाँडा बर्तन, धन सम्पत्ति जलेर नष्ट भएको थियो । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष बिजय सन्तोषी राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्य लिजा श्रेष्ठ, कार्यालय सचिव सिचन प्रधान लगायतले आगलागी पीडितलाई दैनिक उपभोग्य समाग्री बितरण गरेेे ।
धनकुटा उद्योग बाणिज्य संघले हालसम्म दैवि प्रकोपका घट्नाहरुमा परी पीडित भएका धनकुटा जिल्लाका १ सय ४ जना पिडित व्यावसायी तथा सर्वसाधारण परिवारहरुलाई दैनिक उपभोग्य समाग्रीहरु प्रदान गरेको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।