लोपोन्मुख नौमती तथा पन्चेबाजाको संरक्षण एवम् प्रबर्द्धन गर्दै बेलबारी नगरपालिका

  • ११ चैत्र २०७७, बुधबार

बेलबारी नगरपालिकाले‍  लोपोन्मुख  नौमती र पन्चेबाजा लगायतका बाजागाजाको संरक्षण तथा प्रबर्द्धनका लागि  पहल थालेको छ ।

बिभिन्न शुभ कार्यहरु र शुभ साइतका लागि बजाइने लोपोन्मुख नौमती बाजाको संरक्षणसँगै बाजालाइ ब्याबसायिक बनाउन नगरपालिकाले पहल गर्न थालेको हो । नगरपालिकाले पन्चेवाजा संरक्षण समिति बेलबारी ११ लाई बाजा तथा पोशाक खरिद गरी हस्तान्तरण समेत गरेको छ ।

नगरपालिकाले दुई वटा नरसिंह, दुई वटा सनही, दुईवटा दमाह, एउटा ढलकी, एउटा ट्याम्को र एउटा झ्याली तथा नौमति बजाउनेहरुलाई एक एक थान कपडा बितरण गरेको हो ।

बाजाको माध्यमबाट रोजगारीको सुजना गर्ने तथा युवा पुस्तालाई नौमती बाजा बजाउन प्रोत्साहन गर्ने उद्देश्यले नौमति बाजा र पोसाक हस्तान्तरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । नौमति बाजाको संरक्षणवाट नगरमा आन्तरिक तथा वाह्य पर्यटन प्रवर्दनमा सहयोग पुग्ने विश्वास समेत लिइएको सुवेदीको भनाई छ ।

नौमति बाजा पाएको पन्चेवाजा संरक्षण समितिले भने लोपहुदै गएको संस्कार संस्कृतिको संरक्ष्ण सगै ब्याबसायिक योजना बनाएर जाने बताएको छ । विवाह उत्सव जस्ता शुभकार्यमा नौमति बाजा वजाउने गरिन्छ ।

यसअघि नगरपालिकाले परियार सेवा समाज बेलबारीलाई पनि नौमति बाजा दिएको थियो । उनिहरुले बिबाह ब्रतबन्ध पुराण जस्ता शुभ कार्यमा बाजा बजाएर राम्रो आम्दानी गरीरहेका छन् ।