१ सय ४१ सन्तानका धनी धनकुटाका चन्द्रबहादुर, जो १०५ बर्षमा पनि तगडा छन्

  • ३ बैशाख २०७८, शुक्रबार

धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगेपनि अझै तगडा छन्  ।

बि. सं. १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बराल एक सताब्दी उमेर काटेपनि वरपर हिँडडुल गर्न सक्छन्  ।

दुई छोरा र ९ छोरीका वुवा चन्द्रबहादुरका ५८ जना नातीनातिना र ७२ जना पनाती पनातीनी छन् ।

सानै उमेरदेखि सामाजिक काममा रुचि राख्ने बराल अझै पनि समाजलाई केही सहयोग पुर्याउन चाहेको बताउँछन् । उनी भन्छन्, ‘कहिलेसम्म बाँचिन्छ टुंगो छैन । बाँचुन्जेल सामाजिक काम गर्ने रहर छ ।’

२०२८ सालमा व्यक्तिगत खर्चवाट गाउँमा मूर्तीमहेश्वर मन्दिर बनाएका बराल अहिले पनि बृद्धभत्ताको आधा रकम त्यही मन्दिर संरक्षणमा खर्चिदै आएका छन् । समाजसेवा गर्ने उनको इच्छा अझै घटेको छैन ।

हालसालै १०५ बर्ष प्रवेश गरेका उनमा अहिलेसम्म कुनै गम्भिर स्वास्थ समस्या देखिएको छैन । उनी अहिले पनि गाउँ टोलमा हुने धार्मिक र सामाजिक कार्यक्रमहरूमा आफैं हिडेर जाने गर्छन् ।  – राजधानी दैनिकबाट