बेलबारीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु, प्रदेश प्रमुखले गरे उद्घाटन

  • ४ बैशाख २०७८, शनिबार

मोरङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बेलबारीमा शुरु भएको छ ।

बेलबारी ११ स्थित लक्ष्मी खेल मैदानमा शुक्रवारदेखि सुरु भएको प्रतियोगितामा  मोरङका १७ स्थानिय तहका १२ सय बिद्यार्थीहरुको सहभागिता रहको छ ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उस्सु  खेल हुने आयोजकले जनाएको छ ।

बिजेताले रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ प्यासी (अधिकारी) ले उद्घाटन गरेका थिए ।

प्रतियोगिताको उद्घाटन शत्र बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो  ।