बेलबारी नगरपालिकाले सुरु गर्यो एन्टेजेन परिक्षण, आधा घण्टामै रिपोर्ट आउने

  • १४ बैशाख २०७८, मंगलवार

‍मोरङको बेलबारी नगरपालिकाले एन्टेजेन परिक्षण सुरु गरेको छ ।

पिसिआर परिक्षण मार्फत कोरोनाको परिक्षण गर्दै आएको नगरपालिकाले एन्टेजिन परिक्षण सुरु गरेको हो ।

पिसिआर परिक्षण गर्दा बिराटनगर धरान तथा झापाका ल्यावमा लाने गरीएको थियो । एन्टेजिन बाट परिक्षण गर्दा आधा घन्टामै रिपोट आउने भएकोले परिक्षण शुरु गरीएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । ​कोरोनाको लक्षण मिल्नेहरुको परिक्षण सुरु गरीएको उनले बताए ।

यस्तै १३ जनामा गरीएको परिक्षणमा २ जनालाई कोरोना पुष्टि भएको छ । वडा नम्बर ३ र ४ का दुई जना पुरुषमहरुमाा कोरोना सक्रमण पुष्टी भएको नगरपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकामा क्षेत्र भित्र ५ जना सक्रिय सक्रमित रहेको जनाइएको छ ।