बेलबारीमा २७ जना पुगे कोरोना सक्रमित, एकको मृत्यु

  • २१ बैशाख २०७८, मंगलवार

‍मोरङको बेलबारीमा कोरोना सक्रमितको सख्या २७ पुगेको छ ।कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ ।

बेलबारीका तिन वटा वडामा ५ जना थपिएसँगै सक्रमितको सख्या २७ पुगेको हो । मंगलबार २६ जनाको स्वाब सकलन गरिएकोमा १,३ र ४ नम्बर वडाका ५ जना सक्रमित फेला परेका थिए मंगलबार २६ जनाको स्वाब सकलन गरीएको थियो ।

कोरोना संक्रमणका कारण बेलबारीमा १ जनाको मृत्यु भएको छ ।

बेलबारी २ का ६६ बर्षिय एक पुरुषको मंगलबार बिहान ४ बजे होम आइसोलेशनमा मृत्यु भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।

आइतबारसम्म २० जना संक्रमित भएकोमा सोमबार पाँच जनामा गरीएको एनटिजिन परिक्षणमा दुई जना संक्रमित थपिएका थिए ।

विश्वकर्माका अनुसार अहिलेसम्म बेलबारीका १, २, ३, ४, ५, ७, ९, १० र ११ गरी आठवटा वडामा कोरोना संक्रमित फेला परेका छन् ।