राजमार्ग किनारमा फालिएको फोहोर सफा गर्दै बेलबारीका नगर प्रहरी

  • २६ बैशाख २०७८, आईतवार

मोरङको बेलबारी नगरपालिकाका नगर प्रहरीहरुले पुर्वपश्चिम राजमार्गको सरसफाई गरेका छन् ।

पर्यटकिय नगरको रुपमा बिकास भइरहेको नगरपालिका क्षेत्रभित्र पर्ने सडक खन्डमा फालिएका पानीका बोतल, सिसा तथा चाउचाउ, बिस्कुट लगायत प्लास्टिक तथा अन्य बस्तुहरु सरसफाई गरेका हुन ।

ट्राफिक कार्यालय बेलबारीदेखि लक्ष्मीमार्गसम्म सरसफाई गरीएको नगर प्रहरीका इन्चार्ज सल बहादुर गुरुङले बताए ।

यात्रुहरुले जथाभाबी फोहोर गरेपछि नगरपालिकाले नगरप्रहरीलाई पठाएर सररसफाई गराएको हो ।

सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले पानीका बोतल, चाउचाउ बिस्कुट लगायतका बस्तुहरु प्रयोग गरेर फोहोर फाल्ने गरेपछि राजमार्ग फोहोरी बन्दै गइरेको थियो ।

नगरपालिका क्षेत्रभित्र पर्ने किस्तीदेखि चिस्याङ पुलसम्म सरसफाई गरीने नगरपालिकाले जनाएको छ ।