‍‍बेलबारीमा अक्सिजन सहितको आइसोलेसन, अस्पताल जानुपरे नि:शुल्क एम्बुलेन्स

  • २९ बैशाख २०७८, बुधबार

मोरङको बेलबारी नगरपालिकाले  १५ बेडको अक्सिजन सहितको आइसोलेसन तयार गरेको छ ।

बेलबारी २ मा रहेको बागदेवी सामुदायिक बन उपभोक्ता समुहको भवनमा नगरपालिकाले आइसोलेसन तयार गरेको हो ।

नगरपालिकाले यसअघि पहिलो चरणको कोभिडमा समेत यहीँ  आइसोलेसन संचालनमा ल्याएको थियो ।  बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले स्वास्थ्य भए मात्रै अरु कुरा सोच्न सकिने भएकोले नगरले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताए ।

नगरवासीको स्वास्थ्य र उपचारका लागि कुनै पनि कसर वाँकी नराख्ने नगर प्रमुख सुवेदीले बताए ।

नगरपालिकाले कोरोना भाइरसबाट सक्रमित नागरिकहरुलाई अस्पतालसम्म पुर्याउनका लागि नि:शुल्क एम्बुलेन्सको ब्यबस्थापन गरीसकेको उनले बताए ।