कोरोना भाईरस झन् फैलिदै गएपछि धनकुटामा फेरि थपियो १५ दिने निषेधाज्ञा  

  • ३१ बैशाख २०७८, शुक्रबार

धनकुटा जिल्लाभरी कोरोना भाईरस  तिव्र रुपमा फैलदै गएपछि शुक्रबार रातिदेखि  जेष्ठ १५ गतेसम्म पुन कडा निशेध आदेश जारी गरिएको छ ।

धनकुटा जिल्ला क्रासिस मेनेजमेन्ट कमिटिको  बैठकले निर्णय गरी सिफारिस गरे अनुसार प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले  धनकुटा जिल्लाभरी शुक्रबार राती १२ बजेदेखि  जेष्ठ १५ गतेसम्म पुन निशेध आदेश जारी गरेका छन् ।
निषेध आदेशको समयमा सम्पूर्ण व्यावसाय तथा पसलहरु निजि तथा सार्वजानिक भाडाका सवारी साधनहरु बन्द रहने तर  दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्रीहरु ,फोहर बोक्ने सवारी साधन, एम्बुलेन्स लगायतका साधनहरु संचालन हुन जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटा जिल्लाभरी विहान ६ बजे देखि ९ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म अत्यावश्यक तथा  दैनिक उपभोग्य सामग्रीहरुको पसल खुल्ला रहने र अन्य सम्पूर्ण पसल तथा व्यावसायहरु बन्द गर्ने निर्णय  भएकोले सोही अनुसार गर्न   सवै व्यापारी व्यवसायी तथा उपभोक्ताहरुलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले आग्रह गरेका छन् ।

धनकुटा जिल्लाका बैंकहरु हप्ताको तिन दिन सोमवार, बुधवार र सुक्रवार विहान ८ बजेदेखि ११ बजेसम्म संचालन गर्ने निर्णय समेत भएको छ ।

धनकुटा जिल्लामा निषेधाज्ञाको समयमा हिडडुल गरी उलंघन गर्नेलाई कारवाही गरीने प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले वताए ।
धनकुटा जिल्लाभरीमा   एक हप्तामा १ सय  ३० जना कोरोना संक्रमित र ४ जनाको मृत्यु समेत भैसकेको र अहिले समुदाय स्तरमानै व्यापक रुपमा कोरोना भाईरस फैलिरहेको छ । धनकुटामा बैशाख २२ गतेदेखि निषेधाज्ञा छ ।