प्रदेश १ मा ४८ हजारलाइ लागिसक्यो कोरोना, सात सयभन्दा बढीको मृत्यु

  • ६ जेष्ठ २०७८, बिहीबार

कोरोनाको दोस्रो लहरपछि प्रदेश १ मा ४७ हजार ८ सय ६८ कोरोना संक्रमितको संख्या पुगेको छ ।

संक्रमित मध्ये ३१ हजार ५ सय ७३ संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १५ हजार ५ सय ९० छ । प्रदेश १ मा हालसम्म ७ सय ५ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा बुधबार २ हजार ७५३ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार २ सय ९८ जना कोरोना संक्रमित पुष्टि भएको छ । मंगलबारदेखि बुधबारसम्मको २४ घण्टाभित्र प्रदेश १ मा २१ जना संक्रमितको मृत्यु भएको छ ।

मंगलबारदेखि बुधबारसम्ममा मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, संखुवासभामा १४, इलाममा १२, भोजपुरमा ७, उदयपुरमा ४, ओखलढुङ्गामा १ र तेह्रथुममा १ जनालाई संक्रमण पुष्ठि भएको छ । त्यसैगरी प्रदेश १ बाहिरका ५६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।          यसअघि मंगरबार १२ सय ६ जनामा संक्रमित पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा २२४ जना संक्रमणमुक्त छन् ।