रहेनन् रेडियो बेतनाका पुर्वअध्यक्ष तथा हातेमालोका अध्यक्ष पुर्वसांसद बस्नेत

  • १० जेष्ठ २०७८, सोमबार

नेकपा एमालेका पूर्व सांसद, रेडियो बेतनाका पुर्व अध्यक्ष तथा सुन्दरहरैंचास्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नरेन्द्र बस्नेतको कोरोना संक्रमणका कारण निधन भएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार बिहान ४ बजे उनको निधन भएको हो ।
मोरङको खोर्सानेमा बस्दै आएका ७० वर्षीय बस्नेतलाई एक हप्तादेेखि बिसन्चो भएपनि समस्या बढेपछि दुई दिनअघि अस्पताल लगिएको थियो ।

बस्नेत भोजपुरबाट निर्वाचित प्रतिनिधिसभाका पूर्वसांसद हुन् । अरुण माध्यमिक अंग्रेजी स्कुल भोजपुरका पुर्व प्रधानाध्यापक, नेपालकै प्रितिष्ठित षडानन्द गुठीका पुर्व अध्यक्ष , योगमाया विश्व विध्यालयका अगुवा नेतृत्वकर्ता, हातेमालो बहुउद्देश्यीय सहकारीका संस्थापक तथा बर्तमान अध्यक्ष र संयन्त्र संचार सहकारी (रेडियो बेतना) का अध्यक्ष भइसकेकोका थिए ।

बस्नेत नेकपा एमाले परित्याग गरेर केही बर्षयता ऋषि कट्टेल नेतृत्वको नेकपाका केन्द्रीय सदस्य थिए ।