धनकुटामा ५ जना पत्रकारलाई कोरोना, महासंघ प्रदेश उपाध्यक्षसहित २ जना संक्रमित

प्रेस युनियनद्वारा संक्रमितहरुसँग भेटघाट

  • २५ जेष्ठ २०७८, मंगलवार

‍  पत्रकार महासंघका प्रदेश उपाध्यक्ष सहित धनकुटामा हालसम्म ५ जना पत्रकारहरु कोरोना संक्रमित भएका छन् । जसमध्ये तिनजना निको भइसकेका छन् भने २ जना होम आईसोलेशसनमा छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ उपाध्यक्ष तथा नेपाल प्रेस युनियन धनकुटा शाखाका अध्यक्ष हिमा चेम्जोङ्ग कोरोना संक्रमित भएकी छिन् ।
त्यसैगरी नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद तथा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका कार्यकारी सदस्य विजय शेखर श्रेष्ठ पनि संक्रमित भएका छन् ।

नेपाल प्रेस युनियन धनकुटाले संक्रमित पत्रकारहरुको घर घरमा गई कोरोना संक्रमित पत्रकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका प्रभार विभाग प्रमुख समेत रहेका कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका निर्वतमान अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद राजेश्वर वहादुर श्रेष्ठ, नेपाल प्रेस युनियन धनकुटा शाखाका कोषाध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्ण चौधरी लगायतका पत्रकारहरुले पत्रकारहरुको घर घरमा गई उनीहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिएको हो ।

नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले सवै संक्रमित पत्रकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै कोरोना संक्रमित पत्रकारहरुको उपचारमा सहयोग गर्ने वताए ।