उत्तरी मोरङका चार पालिकालाइ हेफर इन्टरनेशनलले दियो ३५ लाख

  • ३१ जेष्ठ २०७८, सोमबार

  मोरङका केही पालिकाहरुलाई हेफर इन्टरनेशनल नेपालले सहयोग गरेको छ ।

कोरोको महामारीको सयमा हेफरले बेलबारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका , पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकालाई सहयोग गरेको हो ।

कोरोनाको दोस्रो चरणको भेरीयन्टबाट नागरिकहरुलाई बचाउनका लागि स्वास्थ्य सामग्री खरिद गर्न सहज होस भन्ने उदेश्यका साथ आफनो कार्य क्षेत्रभित्रका केहि स्थानिय तहरुलाई सहयोग गरेको हेफरले जनाएको छ ।

बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरेमा ७ लाख ५० हजार प्रति पालिका सहयोग गरेको छ भने कानेपोखरी गाँउपालिकालाई १२ लाख पचास हजार रुपैया सहयोग गरेको छ ।

सहयोग गरीएको रकमबाट कोभिडका लागि चाहिने सामग्रीहरु खरीद गरिने पालिकाहरुले जनाएका छन् । हेफरले गरेको सहयोगले महामारीको समयमा जुधनका लागि सहयोग पुग्ने बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।