धनकुटामा सत्तापक्षीय जनप्रतिनिधिद्वारा हातपात र दुव्र्यवहार, बिपक्षीहरु आन्दोलित
- १४ असार २०७८, सोमबार
आठौं नगरसभा चलिरहँदा भएको विवाद हात हालाहालमा नै परिणत भएपछि धनकुटाको पाख्रिबास नगरपालिकामा द्लहरुबिच द्वन्द्व बढेको छ ।
नगरप्रमुख वृषबहादुर राईले आफ्नो वडाको बजेट कटौती गरी एकलौटी गर्न खोजेको भन्दै पाख्रीबास वडा नं. ४ का वडावासीहरू विरोध प्रदर्शनमा उत्रिएपछि भएको विवादले उग्र रुप लिएपछि राजनीतिक दलहरूबीच खटपट भएको हो ।
नेपाली कांग्रेस धनकुटा लगायत विपक्षी गठनबन्धनले पाख्रिवासका केही जनप्रतिनिधिहरुले गरेको दुव्र्यवहार र हात हाल्ने कार्यको सशक्त प्रतिरोध गर्ने निर्णय गरेका छन् ।
पाख्रिवासमा भएको सर्वदलिय भेलामा धनकुटाका विपक्षी गठबन्धनका नेताहरुले त्यस्तो निर्णय गरेका हुन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति धनकुटाको बैठकले पनि पाख्रिवास नगर प्रमुख लगायत जनप्रतिनिधिहरुबाट भएको ज्याजती र दुव्यवहारको कडा विरोध गर्ने सत्ता पक्ष र प्रशासनले हस्तक्षेप र दमन गरे सशक्त प्रतिरोध गर्ने निर्णय गरेको छ ।
पाख्रिवास नगर प्रमुख बृष वहादु राईले वडाहरुको बजेट व्यापक कटौती गरेको र जनप्रतिनिधिहरुको गैर जिम्मेवारी प्रस्तुतीको विरोधमा धर्ना तथा प्रर्दशनमा गएका विपक्षी गठनबन्धनका नेता तथा कार्यकताहरुमाथि केही जनप्रतिनिधिहरुले दुव्यवहार गर्दै हात हाल्ने कार्य समेत गरी उत्तेजित बनाउन कार्य गरेपछि त्यसको प्रतिरोध भएको पाख्रिवासमा भएका विपक्षी गठनबन्धनको भेलामा धनकुटाका नेताहरुले बताए । सत्ता पक्ष र प्रशासनले अन्याय र जवरस्ती गरे सशक्त प्रतिरोध गर्ने प्रतिपक्षीले वताएका छन् । उनीहरुले ओली प्रबृत्तिको सम्पूर्ण शक्ति लगाएर विरोधमा उत्रने समेत वताएका छन ।
नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले पाख्रिवास नगरपालिकाका जनप्रतिनिधिहरुको गैरजिम्मेवार र उत्तेजित प्रस्तुती गर्दै हात हाल्दै दुव्र्यवहार गर्ने कार्य गरेको कारणले भएको घट्नाको पतिरोध गरेको विषयलाई अतिरंजित बनाएर कांग्रेसलाई बदनाम गर्न प्रयास भैरहेकाले यसको कडा विरोध गर्दै सत्ता पक्ष र प्रशासनले अब पनि अन्याय गरे शसक्त प्रतिरोध गर्ने वताए ।
नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष तथा नेपाल तरुण दल धनकुटका जिल्ला अध्यक्ष दिनेश राईले नेकपा एमाले ओली समुहले कांग्रेसको बदनाम गर्ने र कांग्रेसजन लगायत विपक्षी गठनबन्धनलाई धम्काउने तर्साउने कार्य गरिरहेकोले त्यसलाई अभिलम्ब नरोकेमा नेपाली कांग्रेस धनकुटाले त्यसको कडा प्रतिरोध गर्दै जस्तो सुकै कदम चाल्न बाध्य हुने चेतावनी दिए ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य ज्ञान वहादुर गुरुङ्गले नेकपा एमाले ओली पक्षका पाख्रिवास नगरका जनप्रतिनिधिहरुले गरेको जनविरोधी क्रियकलापको १० वटै वडामा भण्डाफोर गर्ने वताए ।
नेपाली कांग्रेसका जिल्ला सदस्य जयन्द्र घिसिङ, लोकेन्द्र घिसिङ्ग, निलम थापा, गोर्ख वहादुर पिठाकोठे, नेकपा माओवादी केन्द्रका नेता योगेन्द्र निरौला, कांग्रेस पाख्रिवास नगर सभापती प्रेम भण्डारी, नेकपा माओवादी केन्द्रका अध्यक्ष मुक्ति वजगाई, ओमप्रकाश निरौला, नेकपा एमाले माधव पक्षका अध्यक्ष तथा वडाध्यक्ष सोभित निरौला, जसपाका नेता डम्वर राई लगायतका नेताहरुले संघियताको मर्म विपरित मेयर बृख वहादुर राईले अलोकतान्त्रिक ढंगले वडाका वजेट व्यापक कटौती गर्दै चरम भ्रष्टाचार गरेकोले यसको भण्डारफोर गर्दै जनता समक्ष जाने वताए ।
उनीहरुले नगर प्रमुख र जनप्रतिनिधिहरुले प्रर्दशनमा गएका नेताहरुप्रति गरेको दुव्र्यवहार र केही जनप्रतिनिधिले जनतालाई हातपात समेत गरेको घट्नाको व्यापक विरोध गर्दै त्यसपछी भएको घट्नाको सम्पूर्ण जिम्मेवारी मेयर स्वयमले लिनु पर्ने समेत वताएका छन् ।
वडाहरुको बजेट व्यापक कटौती गरी अधिनायकबाटी शैलीमा बजेट बिनियोजन पाख्रिवास नगर प्रमुखले गरेकोमा यसको भण्डारफोर गर्दै परिषदको दिन जनप्रतिनिधिहरुबाट भएको घट्नाका वडा वडामा गएर विरोध गर्ने ,जनप्रतिनिधिहरुले गरेको व्यापक भष्ट्राचारको जनता समक्ष पु¥याउने र आन्दोलनलाई सशक्त बनाउदै वडा तहसम्म विपक्षीगठन बन्धनको संयूक्त संयन्त्र निर्माण गर्ने सर्वदलिय भेलाले निर्णय गरेको कुरा नेपाली कांग्रेस पाख्रिवास नगर सभापती प्रेम भण्डारीले वताए ।
धनकुटा जिल्लाका विपक्षी गठनबन्धनका नेताहरुले पाख्रिवास नगरका प्रमुख लगायत जनप्रतिनिधिहरुले गरेको ज्याजदी र दुव्र्यवहारको ७ राजनैतिक दलको गठनबन्धनले सशक्त प्रतिकार गर्दै आवाश्यक परे धनकुटा जिल्लाभरीकै शक्ति केन्द्रित गरी प्रर्दशन गरी आन्दोलन गर्ने नेताहरुले बताएका छन ।